Ultimate magazine theme for WordPress.

पर्सा क्षेत्र नम्बर १ मा स्वतन्त्र युवा पटेल लोकप्रिय बन्दै

49

पर्सा, १० कात्तिक / मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्ष्ँेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता सुधिर पटेल आफ्नो क्षेत्रमा लोकप्रिय हुदै गएका छन । स्वतन्त्र युवा उम्मेदवार पटेलले आज घरदैलो कार्यक्रम अन्तर्गत पर्साको सबैठवामा पुग्दा स्थानीयहरुले भव्य रुपले स्वागत गर्नुको साथै यसपालि पटेललाई निर्वाचित गराउने अडान लिएका हुन ।
घरदैलो कार्यक्रममा रहेका स्वतन्त्र युवा उम्मेदवार यस अनलाइन संग कुरा गर्दै आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन । जनताको करबाट आफ्नो पेट पाल्न पल्केका नेताहरुको भ्रष्टाचार बिरुद्ध आफ्नो उम्मेदवारी रहेको स्वतन्त्र युवा उम्मेदवार पटेलले बताउनु भयो । उहाले दिनप्रति दिन बढ्दै गएको भ्रष्टाचारका कारण आम नेपाली नागरिकलाई सास्ती खेप्नु परेको र सोही अनुरुप आफ्नो उम्मेदवारी जनताको लागि दिइएको बताए ।
अर्थ टेलिभिजनद्वारा सञ्चालित एक कार्यक्रममा बोल्दै उनले जनताका हकहितका विषयमा विभिन्न क्ष्ँेत्रमा आफूले आवाज उठाएको बताउंदै चुनावको मुखमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा लिएर आएको भएपनि ती एजेण्डाहरु जनतालाई झुक्याउनका लागि मात्र भएको अभिव्यक्ति दिएका छन् । चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर मतदाता अगाडी आउने जनप्रतिनीधिहरु चुनाव सके लगत्तै सबथोक विर्सने परम्परा औंल्याउदै आफूले आफ्नो एजेण्डाको प्रचार गर्नुभन्दा देश, समाज र आफ्नो क्ष्ँेत्रको विकासका लागि गर्नुपर्ने अवश्यक कार्यहरुलाई निरन्तरता दिने बताए । दलिय गठबन्धन जनतालाई मूर्ख बनाउन मात्र भएको उनले कटाक्ष्ँ् गरे ।
यस क्ष्ँेत्रका जनताहरुले के–कस्ता समस्या भोगिरहेका छन् भन्ने प्रश्नको जवाफमा किसानहरुलाई मलको समस्या, शैक्षिक क्ष्ँेत्रको हकमा सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्षँको अभाव, निजी विद्यालयहरुमा शुल्कको समस्या, सरकारी अस्पतालहरुमा गुणस्तरीय उपचारको अभाव र निजीमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता, बाटोघाटोको समस्याका साथै देशमा रहेको जनशक्ति रोजगारीको अभावमा विदेश पलायन भई उतातिर उपलब्धीमुलक हुनुपर्ने बाध्यता औंल्याउंदै यस्ता समस्याको समाधानका लागि आफूले काम गर्ने सुधिर पटेलको भनाईं रहेको छ ।
एक अर्को प्रश्नको जवाफ दिंदै पटेलले विगतका दिनहरुमा आफूले पार्टीगत राजनीति गरेको र त्यस दौरान जनताका आवाजलाई विभिन्न माध्यमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा कैयांै पटक थुना पर्नुका साथै अस्पताल समेतमा भर्ना भएको बताउंदै मधेश आन्दोलन पश्चात मधेशको राजधानी वीरगञ्ज हुनुपर्ने भन्दै आफूलेनै पहिलो आन्दोलन गरेको स्मरण गराए । आफूले जनताका लागि गरेका कार्यको मूल्यांकन गर्दै जनताले यसपाली आफूलाई विश्वास गरेको बताउंदै उनले आफ्नो जीत निश्चित भएको दावी गरे ।

Leave A Reply

Your email address will not be published.