Ultimate magazine theme for WordPress.

पर्साको चोर्नीवासीले स्वतन्त्र उम्मेदवार पटेललाई अग्रिम जितको लगाए टिका

28

पर्सा, २४ कात्तिक / पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर ३२ चोर्नीवासीले स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई अग्रिम जितको टिका लगाएका छन । पर्सा निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेलको घरदैलो अभियानमा वडा नम्बर ३२ चोर्नी निवासीका मतदाताहरुले अग्रिम जितको टिका लगाएका हुन ।
सुधिर पटेलको घरदैलो अभियान अन्तर्गत कार्यक्रममा स्थानीय मतदाताहरुले यसपालिको निर्वाचनमा जनता प्रेमीको रुपमा चिनिने स्वतन्त्र उम्मेदवारलाई अग्रिम जितको टिका लगाएको मतदाताहरुको भनाई रहेको छ । स्थानीय रामप्रवेशका अनुसार हालसम्म पार्टीका नेताहरुले निर्वाचित भएर गएपनि विकास बारे देखाएको सपना सपनामै सिमित हुने गरेको बताए । दिनको दिन रातको रात नबुझि जनताको सेवामा खटिदै आएका युवा स्वतन्त्र नेता सुधिर पटेललाई यसपालिको निर्वाचनमा निर्वाचित गराउने, उनले बताए ।
यता जनताको अगाडी बसेर जनता माझ लोकप्रिय बन्न सफल हुनु भएका स्वतन्त्र उम्मेदवार सुधिर पटेलको समर्थनमा दिनदिनै लर्को बढ्न थालिएको छ । निर्वाचन क्षेत्र नम्बर १(क) का मतदाताहरुले यसपालि परिवर्तनको पालो भन्दै स्वतन्त्र युवा उम्मेदवार पटेलको पक्षमा रहेको बताउन थालेका छन । पार्टीका नेताहरुको भाषणवाजीमा सिमित हुने गरेको पर्सावासी यसपालिको निर्वाचनमा स्वतन्त्रकै उम्मेदवारलाई रोज्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.