Ultimate magazine theme for WordPress.

पर्साका प्रहरी प्रमुखहरू कै इशारामा सीमाबाट फस्टाउदै तस्करी

372

उमेश दुबे
पर्सा, १ श्रावण / बिरगंज भन्सार हुँदै प्रहरीकै स्कटिङ्गमा मरिच भारत निर्यात हुँदै आएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंजबाट प्रहरीकै सहयोग र स्कटिङ्गमा मरिच भारततर्फ निकासी हुँदै आएको हो ।
प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक सुमित सिंहको निर्देशनमा बिरगंज भन्सार पछाडी हुँदै सन्क्राचार्य गेट निस्किने र भारतको रक्सौल पुग्ने गरेको बताइएको छ । समाचार श्रोतका अनुसार प्रहरी नायब निरीक्षक सुमित सिंहले प्रती मोटरसाइकल ५ सयको दरले बुझेर ५ वटा मोटरसाइकलमा लोड भएको मरिचलाई स्कटिङ्ग गरि मितेरी पूलसम्म पुर्याएको बताइन्छ । प्रहरी नायब निरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय पर्सा लगायत प्रदेश प्रहरी टोलिको समेत जिम्मेवारी लिएपछी लालबाबु, दिनेश र माधुरी(काली) भनिने तस्कर संगठनले मरिचको तस्करीलाई सन्क्राचार्य गेटबाटै तिब्रता दिएको बताइन्छ ।
मरिच तस्कर संगठनका मुख्य नाइकेहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो निकायसम्म रकम बुझाउन प्रहरी चौकी इनर्वा र बिरगंज भन्सार राजस्व गस्ती टोलिको माध्यमले जाने गरेको श्रोतको दाबी रहेको छ । बिरगंजको इनर्वाबाट हिजो मंगलबार राती करीब ९ बजेको समयमा प्रहरी कै स्कटिङ्गमा ५ वटा मोटरसाइकलमा लोड रहेको ५ क्यून्टल मरिच भारतको रक्सौलमा पुगेको तस्कर श्रोतले जनाएका छन । प्रहरी र तस्कर बिच झन्डै १ घन्टाको बार्गेनिङ्ग पश्चात् ९ बजेतिर भारतको रक्सौल लगिएको श्रोतले जनाएका छन ।
त्यस्तै बिरगंजकै नाकामा पर्ने श्रीसिया छोटी भन्सार हुँदै मरिच र कपडाको तस्करी सुरू भएको छ । बिरगंज भन्सार अगाडीबाट तस्करी सुचारू हुनसाथ श्रीसियाबाट समेत कपडा र मरिचको तस्करी कार्य सुचारू भएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुखहरू कै इशारामा रकम उठनथालेपछी तस्करी कार्य सुचारू भएको छ । बिरगंजको भकुवा नाकाबाट जयलाल भनिने तस्करले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाखौ रकम महिनवारी दिए पश्चात् कपडाको तस्करी कार्य सुचारू गरेका छन । प्रती व्यापारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाखौ रूपैया भेट चढाए पश्चात् तस्करी कार्य सुचारू गरिएको तस्कर श्रोतले नै बताएका छन ।
शान्ती सुरक्षाको नाममा खटेका प्रहरीहरू एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागे पश्चात् तस्करी कार्य दिन प्रती दिन बढ्दै गएको छ । जिल्लाको शान्ती सुरक्षा राख्ने जिम्मेवारी पाएका एसपी शोभेन्द्र सिंह राथोड र सीमाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीका एसपी प्रेमध्वज साह मौन भएको पनि ठुलै रकमको चलखेल रहेको बुझिन्छ । नेपालमा सबै भन्दा बढी राजस्व उठने बिरगंज भन्सार हालको समयमा तस्करीले नै गर्दा राजस्वमा समेत कमि आएको बताइन्छ । अबैध तरिकाले भित्रिएको कपडा ट्रान्सपोर्टको माध्यमले नेपालको विभिन्न ठाउहरूमा पुग्ने गरिन्छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.