Ultimate magazine theme for WordPress.

पटक पटक दण्ड जरिवाना तिर्दै आएको यात्रा डेली फेरी झुठो समाचार लेखेको कारण विवादमा

982

पर्सा, २५ कात्तिक / भारतबाट नेपाल प्रवेश गरी नक्कली नागरिकता बनाई अनलाइन संचालन गरी आफ्नो भोेग चलन गर्दै आएका एक जना ठग पत्रकारले चुनावको मुखमा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई बदनाम गर्न आतुर भएका छन । बिगत ५ बर्षदेखी सत्तामा तल्लिन रहेका तथा यसपालि निर्वाचन क्षेत्र नम्बर १ जसपाबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका प्रदिप यादवले गैर नागरिकको माध्यमले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई बदनाम गर्न आतुर नै रहेको देखिन थालिएको हो ।
वीरगंजबाट संचालनमा रहेको यात्रा डेली डट कम नामक अनलाइनको माध्यमले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई बदनाम गर्न खोजिएको यी तस्बिरहरुले प्रष्ट पारेको छ । घटनाको बिषयमा केही जानकारी नै नलिई हचुवाको भरमा बनाइएको समाचार प्रति समाजिक संजालमा टिका टिप्पणी चल्न थालिएको छ । तर जति प्रयास गरेपनि वास्तविक कुरो बाहिर आएरै छोड्छ भन्ने उख्खानले मेल पनि खान्छ । पटक पटक विवादमा पर्दै आएको यात्रा डेली डट कम अनलाईनले आज फेरी विवादस्पद समाचार सम्प्रेषण गरेको पाइन्छ ।
विवादस्पद तथा झुठा खबर सम्प्रेषण गरेको मुद्धामा पटक पटक दण्ड जरिवाना तिर्दै आएको यात्रा डेलीले शुक्रवार श्रीमान अजय कांग्रेसका बागी उम्मेदवार, श्रीमति सुष्मा कांग्रेसकै समानुपातिक उम्मेदवार नामक शिर्षक राखी बनाइएको समाचारका कारण फेरी विवादमा परेका छन । निर्वाचनको मुखमा प्रतिद्वन्दी संग मोटो रकमको नजराना बुझि बदनाम गरिने उदेश्यले समाचार बनाइएको बारे प्रमाणित समेत भएको छ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीलाई बदनाम गर्ने नियत राखी गरिएको समाचार प्रति कानुनी दायरामा ल्याउन सरोकारवाला बताउछन ।
एक जसपा कार्यकताका अनुसार यात्रा डेली डट कम नामक अनलाइन भारतीय नागरिकले संचालन गरेको जानकारी दिए । भारतीय नागरिक भएको कारण मधेसी दलको हैकमवादी तरिकाले नागरिकता खारेजी प्रकृयामा जान सक्ने डर र एकातिर आर्थिक प्रलोभनले ग्रसित मानसिक्ता भएका कारण पनि विवादस्पद समाचार लेख्ने गरेको हुन सक्ने बताए । जसपा पार्टी कार्यालयमै यात्रा डेली डट कम कार्यालय रहेको समेत उनले जिकिर गरे । उनले मेलको माध्यमले नेपाली कांग्रेसको समानुपातिक सुचीबाट आफ्नो नाम फिर्ता लिने बारे निवेदन सुष्मा तिवारीले पठाइ सकेपनि बदनाम गर्ने उदेश्यले समाचार सम्प्रेषण गरिएको बताए ।
यता पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले बदनाम गर्न जति प्रयास गरेपनि यसपालिको निर्वाचनमा जनताकै जित हुने बताउनु भएको छ । प्रतिद्वन्दीको काम हो आरोप लगाउने तर पत्रकारको काम हो सत्य तथ्य समाचार उजागर गर्ने, उनले बताए । तर बदनाम गर्ने उदेश्यले समाचार सम्प्रेषण गर्ने नेपालको पत्रकार हुनै नसक्ने दावी गरे । उनले यस्ता कृयाकलाप गर्नेहरुलाई राजनीतिकर्मीको इशारामा होइन, आफ्नो कलमको ताकतले हिडने, सत्य तथ्य समाचारको लागि सम्बन्धीत निकायमा पुगी प्रमाण सहित जुटाई समाचार सम्प्रेषण गर्नु हुन अनुरोध गरे ।

Leave A Reply

Your email address will not be published.