Ultimate magazine theme for WordPress.

नेपाल प्रेस युनियन आबद्ध संयुक्त प्रजातान्त्रिक प्यानलबाट उम्मेदवारी घोषणा

96

विरगंज, फागुन १५ : नेपाल पत्रकार महासंघ पर्सा शाखाको नयाँ नेतृत्व चयनका लागि पर्सि १७ गते हुने चुनावका लागि नेपाल प्रेस युनियन आबद्ध संयुक्त प्रजातान्त्रिक प्यानलले आज आफनो समुहको उम्मेदवारी घोषणा गरेको छ ।

वीरगन्जको नगर सभागृहमा आज आयोजित उम्मेदवार घोषणा सभामा संयुक्त प्रजातान्त्रिक प्यानलले आज आफनो समुहको उम्मेदवारी घोषणा गरेको हो । संयुक्त प्रजातान्त्रिक प्यानलको तर्फबाट पत्रकार महासंघ महासंघ पर्सा शाखाको अध्यक्षमा अशोक तिवारी ,उपाध्यक्षमा शेखर छत्कुली , महलिा उपाध्यक्षमा विम्मी शर्मा , सचिवमा क्रान्ति शाह , सहसचिवमा खुल्ला तर्फ निलीमा पौडेल सहसचिवमा समावेशी तर्फ मोहम्मद सद्धाब तथा कोषाध्यक्षमा राम सर्राफ चुनावी मैदानमा उत्रनु भएको हो ।

उम्मेदवार घोषणा सभालाइ सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष दिपेन्द्र चौहानले संयुक्त प्रजातान्त्रिक प्यानलले सकृय र क्रियाशील पत्रकारहरुलाइ चुनावी मैदानमा उतारेकाले जित सुनिश्चित रहेको बताउनु भयो । प्रजातन्त्र प्रति आस्था राख्ने पत्रकारहरु बिच अहिले अभुतपूर्व एकता र दृढता देखिएकाले संयुक्त प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरुको गतिशीलताबाट विपक्षी समुहका उम्मेदवारहरु अहिले नै हतोत्साहीत बनेको दाबी गर्नु भयो ।

विगतमा आफुहरुले भूजा पकौडा खाएर बनाएको पत्रकार महासंघलाइ अहिलेको नेतृत्वले गलत हर्कत गरेर संस्थाको गरिमा नै खस्काउने काम गरेको आरोप उहाले लागाउनु भयो । नेपाल प्रेस युनियन पर्साका भुतपुर्व अध्यक्ष काशीनाथ यादवले संयुक्त प्रजातान्त्रिक प्यानलले यसपालीको चुनावमा पत्रकार महासंघको नेतृत्वमा ऐतिहासीक परिवर्तन ल्याउने बताउनु भयो ।

यसपालीको चुनावी परिणाम पत्रकार महासंघ पर्साको इतिहासमा स्वर्ण लिपीमा अंकीत हुने भन्दै यादवले विपक्षी समुहले बुनेको तानाबानामा पर्साका पत्रकारहरु अब नफस्ने ठोकुवा गर्नु भयो । नेपाल प्रेस युनियन पर्साका संस्थापक रामराज्य यादवले पत्रकार महासंघ पर्साको वर्तमान नेतृत्वले विगतका समयमा अनेकन आश्वासन बाडेको भएपनि ती मध्ये कुनै पनि कुरा पुरा नभएको बताउनु भयो ।

सत्यको सधै जित हुने भन्दै उहाले संयुक्त प्रजातान्त्रिक प्यानलले गर्न सक्ने कुरा मात्र बोल्ने र बोलेको कुरा पुरा गरि छाडने बताउनु भयो । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एंव मधेस विभाग प्रमुख विजय कुशवाहाले यसपालीको चुनावमा संयुक्त प्रजातान्त्रिक प्यानलको विजय सुश्चित रहेको दाबी गर्नु भयो ।

नेपाल प्रेस युनियनका संस्थापक कन्हैयाला केशरीले संयुक्त प्रजातान्त्रिक प्यानल उच्च मनोबालका साथ अगाडि बढि रहेको भन्दै  विपक्षी समुहले अहिले विभिन्न भ्रम छर्दै हिडेकोले उनिहरुको मनोकांक्षा कदापी पुरा नहुने बताउनु भयो ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मीको अध्यक्षतामा भएको घोषणासभामा नेपाल प्रेस युनियन पर्साका निवर्तमान अध्यक्ष पुरुषोत्तम सिंह भटटराइ , प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य अनिल तिवारी , उपाध्यक्ष विजय चौहान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.