Ultimate magazine theme for WordPress.

नेपाली विधार्थीहरुको सहजताकालागि एजुकेशन सेमिनार

71

बीरगन्ज, २७ बैशाख ।
भारतमा उच्च शिक्षा आर्जनकालागि जाने नेपाली विधार्थीहरुको सहजताकालागि बीरगन्जमा एजुकेशन सेमिनार आयोजना भइरहेको छ । नेपाली विधार्थीहरुको सहजताकोलागि कृष्ण फाउन्डेशनको सहकार्यमा बिरगंजमा दुईदिने करियर काउन्सिलिको आयोजना गरिएको छ । कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर, जैन युनिभर्सिटी बेंगलोर, बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर, एसआरएम युनिभर्सिटी चेन्नाई र कृष्णा फाउन्डेशनका प्रतिनिधिहरूले मे ११ र १२ तारिखमा बिरगंजको भिस्वा होटेलमा परामर्श प्रदान गरिने छ । राजधानीको नयां बानेश्वर अवस्थित कृष्णा फाउन्डेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ ।
कृष्णा फाउन्डेशनका फाउण्डर सन्तोष कुमार चौधरीले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरूलाई बढी भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । कृष्णा फाउन्डेशनकाफाउण्डर सन्तोष कुमार चौधरीले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थीहरूलाई बढी भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा भी आइटि युनिभर्सिटी भेल्लोर का प्रतिनिधिले नेपाली बिधार्थीहरूको उत्कृष्ट नतिजा आएको र नेपाली बिधार्थी हरूले भी आइटि युनिभर्सिटी मनपराएकै कारण यस बर्ष पनि बिधार्थी हरू लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो ।
त्यस्तै जैन युनिभर्सिटी बेङ्गलोरकाप्रतिनिधिले जैन युनिभर्सिटी, जैन युनिभर्सिटीको शैक्षिक प्रणाली र नेपाली बिधार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थितिका बारेमा जानकारी गराउनुभयो ।
एसआरएम युनिभर्सिटी चेन्नाई की प्रतिनिधिले आफ्नो शैक्षिकसंस्था लाई बिगतका दिनमा अध्यनमा गएका बिधार्थीहरूले बिश्वास गरेको र देश(बिदेशमा प्रतिष्ठीत स्थानमा काम गरी नेतृत्व बिकास गर्दै बिश्वबिद्यालय नाम उच्च राखेको जानकारी दिनुभयो । नेपाली बिधार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यावसायिक शिक्षाका लागि भारत नजिकको शैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।
शिक्षण प्रणाली, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भएकाले नेपाली बिधार्थीहरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि बिधार्थीहरू भारत जाने गरेका छन् । कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थी हरू भारतीय शैक्षिक संस्थाहरुप्रती आकषिर्त भएका हुन । होटल भिष्वामा आयोजन हुन लागेको दुई दिने शैक्षिक मेलामा बारा पर्सा, रौतहट लगायत मध्यतराईका विधार्थीहरु बढि लाभान्वित हुने छन ।

Leave A Reply

Your email address will not be published.