Ultimate magazine theme for WordPress.

नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि आज भारत जाँदै

597
काठमाडौँ, फागुन १३ : केन्याविरुद्धको बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि आज भारत जाँदैछ । सात दिनको अभ्यासका लागि १८ खेलाडिसहित २४ सदस्यीय टोली साँझ ५ बजे नेपाल एयरलायन्सको बिमानबाट त्यस तर्फ जाने कार्यक्रम रहेको छ ।
भारत बसाइँका क्रममा टोलीले अफगानिस्तानको लिष्ट ए टोलीका साथै स्थानिय क्लबसंग अभ्यास खेल खेल्नेछ । भारत भ्रमणपछि केन्याबिरुद्धको खेलका लागी अन्तिम नामावली घोषणा गरिने नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले बताउनुभयो ।
१९ सदस्यीय टोलीमा रहेका केहि नयाँ अनुहारले समेत यसपटक केन्या बिरुद्धको खेलमा स्थान बनाउने सम्भावना छ । टोली छनौट समितीले बिगतका खेलमा नेपाली ओपनिङ लाईनअप कमजोर भएको भन्दै नयाँ खेलाडीलाई समाबेश गर्दै प्लेईङ सेट बनाउने तयारी गरेको छ ।
कप्तान पारस खड्का भने अस्वस्थताका कारण भारत भ्रमणमा जाने छैनन् । टोली आगामी शुक्रबार स्वदेश फर्केर अन्तिम अभ्यासमा जुट्नेछ । च्याम्पियनसिपको खेल आगामी २८ र ३० गते किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.