Ultimate magazine theme for WordPress.

नेपाली कांग्रेसको विरोधका बीच विपी उद्यानको जग्गामा मधेशी शहिद पार्कको शिलान्यास

126

वीरगन्ज , माघ १६ गते ।
बीरगन्जको घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गामा प्रदेश सरकारले शहिद पार्कको शिलान्याश गरेको छ । नेपाली कांग्रेस पर्साको विरोधका बीच बुधवार प्रदेशका मुख्य मन्त्री लालबाबुराउत गदी तथा भौतिक योजना मन्त्री जितेन्द्र सोनलले बहिद पार्कको शिलान्यास गर्नु भयो । विपी उद्यानको नाममा बीरगन्ज महानगरको स्वामित्वमा रहेको उक्त जग्गामा प्रदेश सरकारले महानगरको स्वीकृती बिना उक्त जग्गामा शिलान्याश गरेको हो ।
शहरी विकास तथा भवन कार्यालय वीरगन्जले आयोजना गरेको शिलान्याश कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको भावना अनुसार प्रदेश सरकारले शहिद पार्कको निर्माण सुरु गरेको बताउनु भयो । प्रदेश सरकारले पार्क निर्माणकोलागि आवश्यक पर्र्यो भने अर्बो बजेटपनि खर्च गर्न सकिने बताउनु भयो ।
सिलान्याश कार्यक्रममा बोल्ने अधिकांश अतिथी फोरम नेताहरुले विरोध गर्नेलाई खुल्ला चुनौती दिएका थिए । को विपी कहांको विपी भन्दै फोरम राजपाका नेता , सांसदहरुले अब मधेशमा मधेशी शहिद कै प्रतिमा मात्र बन्ने उदघोष पनि गरे । प्रदेश सरकारले महानगरको स्वामित्वमा रहेको जग्गालाई बिना इजाजत त्यसमा शिलान्यास गरेकोले फोरमबाटै निर्वाचित बीरगन्ज महानगर प्रमुख मेयर बिजय सरावगी महानगरपालिकाकाकार्यक्रममा सहभागी हुनु भएन् ।
वीपी उद्यानको नाममा नेपाल सरकारले महानगरपालिकालाई २०६० सालमा प्रदान गरेको उक्त जग्गालाई सोही नाम र परियोजनका लागि मात्र प्रयोग गर्न सकिने तत्कालिन मन्त्री परिषदले निर्णय गरेको छ । नेपाली कांग्रेस पर्साले शिलान्यास कार्यक्रमबारे थाहा भएपछि पत्रकार सम्मेलन गरी प्रदेश सरकारलाई मुटभेडको राजनिती नगर्न आग्रह गरेको थियो
प्रदेश दुईको मुख्यमन्त्रीले केन्द्र सरकारले प्रदेशको अधिकार खोस्ने आरोप लगाउदै आएका छन् । अरुलाई आरोप लगाउने मुख्यमन्त्रीले किन स्थानिय तहको स्वामित्वमा रहेको जग्गामा जर्बजस्ती शिलान्याश कार्यक्रम गरे । कांग्रेसले प्रश्न उठाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.