Ultimate magazine theme for WordPress.

नेपथ्यको नयाँ गीत ‘शिरफूल’को डिजिटल रिलिज

271

काठमाडौँ, माघ १७ : दसौं अल्बमका दुईवटा गीतहरु युट्युबबाट सार्वजनिक गरिसकेको ‘नेपथ्य’ले तेश्रो गीत भने एकैपटक विभिन्न ‘म्यूजिक स्टोर’बाट डिजिटल रिलिज गरेको छ। लोकरक ब्याण्ड ‘नेपथ्य’ले यसरी रिलिज गरेको गीत हो, ‘शिरफूल शिरैमा, वनफूल वनैमा, हिउँको फूल धौलासिरीमा।’

नेपथ्यका मुख्य गायक एवम् संकलक अमृत गुरुङले पदयात्रा गर्दाको वर्णन समेटेको यो गीतमा मध्यपश्चिमको हिमाली पहाडी स्वाद अटाएको छ। उनी झण्डै तीन वर्षअघि डोल्पा र रुकुमको सिमानातिर पर्ने फागुनेलेक (कामीडाँडा)बाट यात्रा सुरुगरेका उनले याम्खार, मैकोट, हुकाम हुँदै उत्तरगंगाको किनारै किनार बिर्गुन, तक्सेरा, डम्चन, ढोरपाटन छिचोल्दै जलजला नाघेर बेनी निस्केका थिए। हरिया डाँडाहरुमा लछेप्रै रातो गुराँस फुलेको रमाथि माथि थुप्रिएका हिउँ हेर्दै यो यात्रा तय गरेका अमृतले बाटोमा गुनगुनाउँदा गुनगुनाउँदै लय र शब्दहरु भरिन आइपुगेको थियो। यसरी यो आफैंमा साङ्गीतिक यात्रा संस्मरण बन्न पुगेको छ।

‘वसन्त ऋतुमा यो भेग पैदल यात्रा गर्ने पर्यटकहरुका निम्ति असाध्यै रमाइलो हुन्छ,’ सडक छेउछाउका पसल र यो दुर्गम भेगमा कठिन जीवनयापन गर्दैआएकाहरुबाट बास पाएका अमृत भन्छन्, ‘प्रकृतिको यति सुन्दर वरदान अन्तविरलै भेटिन्छ।’
यो गीतको गायकी भने त्यस भेगमा प्रचलित ‘शिरफूल भाका’मा आधारित छ।

यात्राको गीत भएकै कारणले यसमा त्यस भेगका फागुने, पुपाल, पेल्मा, याम्खार, मैकोट, तक्सेरा, डम्चन र ढोरपाटनजस्ता नामहरु प्रयोग भएका छन्। त्यसैगरि धौलागिरि हिमाललाई श्रद्धापूर्वक धौलासिरि भनेर पुकार्ने स्थानीयहरुको लवज नै गीतमा भरिन आइपुगेको छ। ‘केटाकेटीदेखि सुन्दै आएको शिरफूल भाकालाई मौलिक स्वरमा सुन्न त्यस भेगको यात्रामा निस्केको थिएँ,’ गायक अमृत भन्छन्, ‘तर, पुरानो गाउने मानिस नभेटिएपछि त्यसै भाकामा आधारित गरेर यो आफ्नै सिर्जना तयार पारेको हुँ।’ अमृतका अनुसार यसरी त्यो क्षेत्रमा यात्रा गर्दाको पर्यटकीय दस्तावेजसमेत यो गीत बन्न पुगेको छ।

अल्बम बनाएर बजारमा विक्री वितरणको सम्भावना घट्दै गएको अवस्थामा ‘नेपथ्य’ले आफ्नो दसौं अल्बमको निम्ति ‘डिजिटल रिलिज’लाई प्राथमिकता दिएको यस ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयले जनाएको छ। ‘यसै अल्बमका दुईवटा गीतहरु ‘कोशीको पानी’ र ‘हो रामा रामा’ लाई युट्युब बाट रिलिज गर्दा असाध्यै राम्रो प्रतिक्रिया प्राप्त भयो,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘अब भने डिजिटल अडियो प्लेटफर्मको विकल्प रोजेका छौं।’

यो गीतलाई पूर्णरुपमा सुन्न र डाउनलोड गर्न नेपालयले स्पोटिफाइ, आइट्युन, एप्पल म्युजिक, गुगल प्ले, अमेजन जस्ता स्थानहरुमा उपलब्ध गराएको छ।

यसअगावै युट्युबबाट आइसकेका दसौं अल्बमका दुई अघिल्ला गीतहरु ‘हो रामा रामा’ र ‘कोशीको पानी’ पनि यी डि

https://youtu.be/ftD0qXCVhyM

Leave A Reply

Your email address will not be published.