Ultimate magazine theme for WordPress.

निर्माण कम्पनी पप्पु लुम्बिनी जे.भीको बाहानाबाजीले तिलावे पूलको निर्माण कार्य ओझेलमा

326

उमेश दुबे
पर्सा, १९ असार ÷ पर्सा ग्रामिण भेगका ८० प्रतिशत जनता तिलावे पूल हुदै कामको लागि वीरगंज आउने र जाने गर्दछन । तिलावे पूल एकतर्फी भएको कारण जनताहरु घण्टौसम्म जाममा समेत पर्ने गर्दछन । बिहान—साझ कामको निम्ति वीरगंज पुगेका सर्वसधारण घण्टौ जाममा पर्ने गरेको सर्बसधारणहरु नै बताउछन् । निर्माण कार्यको जिम्मा लिएका पप्पु लुम्बिनी जे.भीले सम्झौता अनुसार २०७२÷०२÷२५ गते निर्माणको लागि ठेक्का लिएपनि हालसम्म पूलको निर्माण कार्य हुन नसकेको सर्वसधारण बताउछन् । समयमा ठेकेदारले पुलको निर्माण कार्य नगरिदा लाखौ सर्वसधारणलाई सास्ती खेप्नु परिरहेको छ । वीरगंज—पोखरीया सडक हुदै दिनहु हजारौ गाडीहरुको चापले गर्दा समयमा कार्यालय आउन नसकेको र घर फर्किदा समयमा घर पुग्न नसकेको सर्वसधारणहरुले दुखेसो पोखेका छन् ।
सर्वसधारणका अनुसार नेपाल सरकार लगायत प्रदेश सरकारले समेत उक्त पुलको निर्माण कार्यतर्फ ध्यान नदिएको कारण पुल निर्माण हुन नसकेको आरोप लगाए । ठेकेदार कम्पनी पप्पु लुम्बिनी जे.भीले बिगत ३ बर्षदेखी लोप भएको र बर्षायामको बेला निर्माण कार्य सुचारु गरेको प्रति शंकाको बिषय बनेको सर्वसधारण बताउछन् । सर्वसधारणले यस अनलाइन संग कुरा गर्दै प्रदेश सरकार लगायत कुनैपनि नेतागणले पुल निर्माणको कार्यतर्फ ध्यान नदिदा ढिलाई हुनुको साथै लाखौ सर्बसधारणलाई सास्ती खेप्नु परेको आरोप लगाए । .
सडक विभाग, हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगंज र ठेकेदार कम्पनी पप्पु लुम्बिनी जे.भी बिच २०७२÷०२÷२५ गते भएको सम्झौता अनुसार पुलको कार्य २०७५÷०२÷२४ गते भित्र निर्माण कार्य सम्पन्न हुने जनाइएको थियो । तर ठेकेदार कम्पनी पप्पु लुम्बिनी जे.भीले हालसम्म २० प्रतिशत समेत काम नगरेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । हुलाकी राजमार्ग योजना कार्यालय वीरगंजले जनाए अनुसार निर्माण कम्पनी संग ७ करोड ७१ लख ७३ हजार ७ सय ५० रुपैयाको लागतमा निर्माण कार्यको सम्झौता गरिएको जनाएको छ । हुलाकी राजमार्ग योजना कार्यालय वीरगंजका योजना प्रमुख दीपेन्द्र पाण्डेयले ठेकेदारले मनोमानी ढंगले काम गरिरहेको कारण काम सम्पन्न हुन नसकेको स्किारर्नु भयो । उहाले ठेकेदार कम्पनीले बाहानाबाजी मात्रै गर्ने गरेको तर काम गर्न नसकेको स्विकार्नु भयो । योजना प्रमुख पाण्डेयले सडक र पूलको लागि ६० करोड रुपैया बिनियोजन गरिएपनि ठेकेदार कम्पनीले बाहानाबाजीमा मात्र लागेको बताउनु भयो ।
वीरगंज—पोखरीया सडकमा पर्ने तिलावे पूलको निर्माण कार्य, निर्माण कम्पनीले पूल र सडकको निर्माण नगरिदा पर्साको लाखौ सर्वसधारणले सास्ती खेप्नु परिरहेको छ । तसर्थ ः यस बिषयमा स्थानिय, प्रदेशीय तथा केन्द्रिय स्तरका नेतागणहरुको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.