Ultimate magazine theme for WordPress.

निरंजन अग्रवालको उद्योगमा प्रहरीको छापा, अग्रवाल सम्पर्क बिहिन

214

पर्सा, २७ फागुन / जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले आदर्शनगर स्थित रहेको पिंकी गुटका उद्योगमा बिहिवार छापा मारेको थियो । प्रहरीले गुटका उद्योगमा छापा मारे पश्चात संचालक निरंजन अग्रवाल सम्पर्क बिहिन नै भएका हुन ।
जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले सो उधोगको गोदाममा छापामारी गरी सिल्बन्दी समेत गरेको छ । वीरगंज आदर्शनगर पछाडी रहेको उक्त गोदाममा च्युगम बनाउने केमिकल आयातमा राजस्व छली गरेको आंंशका गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले राजस्व छलि गरिएको भनिएपनि गुणस्तरहीन केमिकल आयात गरि चपाउने च्यूगम उत्पादन भइरहेको सुचनाका आधारमा प्रहरीले छापा हानेको प्रहरी श्रोतले यस अनलाइनलाई जानकारी गराएका छन । प्रहरी श्रोतका अनुसार उद्योग संचालनको साथै अग्रवालको दोहोरो नागरिकताको बिषयमा समेत ढाकछोप गर्दै आएका केही बिचौलीयाहरु हाल उद्योग बचाउने तर्खरमा पनि लागेको, उनले जिकिर गरे ।
बिशेष सुचनाको आधारमा छापामारी गरी सिलबन्दी समेत गरिएको उद्योगको केमिकलको बिषयमा आइतवार चेकजाच गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले जानकारी दिए । अनुसन्धान भईरहेको हुनाले अहिले नै सबै कुरा भन्न नमिल्ने प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उद्योगमा छापामारी गरे दिनदेखी नै उद्योगपति अग्रवाल सम्पर्कमा नआएको र आइतवार राजश्व कार्यालय, उधोग बाणिज्य संघ लगायतका प्रतिनिधिहरुको उपस्थितीमा चेकजांच गरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.