Ultimate magazine theme for WordPress.

नयाँ दिल्लीमा हातेमालो नेपाली बिद्यार्थी संगठनले धुमधामको साथ नयाँ वर्ष २०७४ मनायो

73

नयाँ दिल्ली, चैत्र २९  : नेपाली सी. ए. विद्यार्थीहरुको संस्था हातेमालो नेपाली स्टूडेन्ट ग्रुपले भारतको राजधानी दिल्लीमा नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदानका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

संस्थाले आउँदै गरेको नयाँ वर्ष २०७४ को पुर्व संन्ध्यामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको हो। हातेमालो सन २००९ मा गठित विद्यार्थी संस्था हो जसको मुख्य उद्देश्य भनेको नेपाल देखि भारतमा सी. ए. अध्ययनको लागि आउने विद्यार्थी साथिहरुमा देखा परेका विविन्न खाले समस्याहरुको समाधानको लागि यसले कार्य गर्दै आएको संस्थाका उपाध्यक्ष जगदिश्वर थापाले बताए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकार खुमन अधिकारी, रमिला न्यौपाने, मन्त्रा बेण्ड (दार्जिलिंग) र सी. ए. संस्थाका विद्यार्थीहरुको सांस्कृतिक प्रदर्शनले कार्यक्रमलाई अत्यन्तै रोचक बनाएका थियो ।

मधु खनाल र शिविरा लामा द्वारा संचालित कार्यक्रमको अध्यक्षता संस्थाका निवर्तमान अध्यक्ष सरोज सापकोटाले गरेका थिए । मुख्य अतिथिको रुपमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको उपस्थिती थियो भने विशिष्ठ अतिथिहरुमा भगत सिंह कोशियारी, सी. ए. संस्थाका संचालक हंशराज चुग र राज चावला थिए ।

कार्यक्रममा प्र. ने. स. भारतका केन्द्रिय अध्यक्ष श्री लोकनाथ भण्डारी, लुम्बिनी गौतम बुद्ध चैरिटेबल ट्रस्टका संस्थापक अध्यक्ष दीपक जिसी, अन्तराष्ट्रिय नेपाली समाज दिल्ली राज्य संयोजक श्री रमेश शर्मा लम्साल, एवरेस्ट चैम्बर ऑफ़ कॉमर्स का अध्यक्ष युबाराज बराल लगायत दर्जनौ संघ सस्थाका प्रतिनिधिहरु र समाजसेवीहरु को बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.