Ultimate magazine theme for WordPress.

धोनीले दिए कप्तानबाट राजीनामा

53

काठमाडाैँ, पौष २१: महेन्द्र सिंह धोनीले भारतको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् ।

धोनीले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिएका थिए । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बुधबार वक्तव्य जारी गरेर धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान पदबाट हट्ने फैसला गरेको जानकारी दिएको हो ।धोनी सन् २००७ को सेप्टेम्बरदेखि भारतीय टिमको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान थिए । धोनीको कप्तानीमा भारतले सन् २००७ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप, सन् २०११ मा विश्वकप तथा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको छ ।

crikrt

टेस्ट कप्तान विराट कोहलीले धोनीको ठाउँ लिने सम्भावना छ । धोनीको कप्तानीमा भारतीय टिमले एक सय ९९ सय एक दिवसीय तथा ७२ ट्वेन्टी–ट्वेन्टी खेल खेलेको छ । यस्तै धोनी सन् २००८ देखि २०१४ सम्ममा ६० टेस्ट क्रिकेटमा कप्तानको भूमिकामा रहे ।

उनले सबै गरेर तीन सय ३१ खेलमा कप्तानी गरेका छन् । क्रिकेटका तीनै संरचनामा धोनी भारतका सबै भन्दा सफल कप्तान हुन् । धोनीले कप्तानका रुपमा खेलका एक सय ९९ एक दिवसीयमा एक सय १० खेलमा भारत विजयी भएको छ भने ७४ मा पराजित भएको छ । यी खेलमा उनले ६ हजार ६ सय ३३ रन बनाएका छन् । यस्तै ७२ ट्वेन्टी–ट्वेन्टीमा ४१ खेलमा जित र २८ खेलमा हार व्यहोरेका छन् ।

koli

कप्तानका रुपमा उनले ट्वेन्टी–ट्वेन्टीमा एक हजार एक सय १२ रन बनाएका छन् । धोनीले समग्रमा दुई सय ८३ एक दिवसीय क्रकेट खेलका छन् र ९ हजार भन्दा धेरै रन बनाएका छन् । भारतले जनवरी १५ देखि इंग्ल्याण्डसँग एक दिवसीय क्रिकेट श्रृँखला खेल्दैछ । यो श्रृँखलामा धोनी खेलाडीका रुपमा भने उपलब्ध हुनेछन् ।

Leave A Reply

Your email address will not be published.