Ultimate magazine theme for WordPress.

धारिलो हतियार प्रहार गर्दा मन्सूर घाइते, प्रहार गर्ने युवक बारा प्रहरीको फान्दामा

210

बारा, १६ चैत्र / धारिलो हतियार प्रहार गर्दा बारामा एक युवक घाइते भएका छन । पैसाको लेनदेनको बिषयमा बिबाद हुदा एक युवकले छुरा प्रहार गर्दा मन्सूर घाइते भएका हुन । कलैया उप-महानगरपालिका वडा नम्बर १ स्थित सुन चान्दी गल्लिमा छुरा प्रहार हुदा मन्सूर घाइते भएका छन । पैसाको लेनदेनको बिषयलाई लिएर वडा नम्बर ३ भवानीपुर बस्ने अहमद मन्सूरको ४० बर्सिय छोरा निरोज मन्सूरलाई सोही निवासी ग्यासुला मन्सूरको २० बर्सिय छोरा इरफान मन्सूरले छुरा प्रहार गरेको बारा प्रहरीले जनाएको छ ।छुरा प्रहारबाट भाइते भएका निरोज मन्सूरलाइ कलैया अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि बिरगंज स्थित नेश्नल मेडिकल कलेजमा पठाइएको बारा प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने इरफान मन्सूरलाइ बारा प्रहरीले नियन्त्रणमा लिइ अवाश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.