Ultimate magazine theme for WordPress.

धनुषा जिल्लाको सीमा नाका बन्यो तस्करहरुको रजाई, प्रहरी प्रमुखहरु भए मालामाल

433

उमेश दुबे
पर्सा, २२ चैत्र ÷ प्रदेश नम्बर २ कै राजधानि जनकपुरको धनुषा जिल्ला तस्करहरुको रजाई बन्दै गएको छ । प्रदेश प्रहरीका प्रमुख कार्यालयहरु धनुषा जिल्लामा हुदापनि तस्करहरु सजिलै समन्वय गरी तस्करी कार्य सुचारु गरेका हुन ।
धनुषा जिल्लाको जटही, खजुरी, देउरीया, मैनाथपुर, धनौजी लगायतका सीमा नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य फस्टाएको छ । तस्कर संगठनका मुख्य नाइकेहरुको रुपमा चिनिने रहमान, सोहन जलान, सुरेश साह, चाचि, गफार, कलाम, बरतुल्लाह, सन्तुल्लाह, नइम, स्मइल, बिजय, रंजित, अलि, दामोदर खडका, जितो, राम जिवन, धर्मेन्द्र, दिपक, सुल्तान लगायतकाले सीमा नाकाबाट तस्करी कार्यलाई तिब्रता दिइएको बताइएको छ । सीमा नाकाहरुबाट ट्रक, पिकअप, मोटरसाइकल, साइकलको माध्यमले अवैध तरिकाले आयात तथा निर्यात हुने गरेको प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार तस्कर संगठनहरुको मुख्य नाइके संग रकम उठाउनको निम्ति प्रदेश नम्बर २ का डिआईजी हरिबहादुर पालले सादा पोशाकमा टोली खटाएको बताएका छन् । उनले बताए अनुसार प्रहरी हवलदार रामचन्द्र यादवले धनुषा, सप्तरी, सिरहा लगायतका ठाउरुबाट रकम उठाउनको निम्ति खटाइको श्रोतको दावी रहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खन्नालले घुमुवाको रुपमा प्रहरी नायब निरीक्षक संतोष झालाई रकमको उठाउनको निम्ति खटाएका छन् । घुमुवाहरुको काम मात्र आर्थिक रकम उठाउनु हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खन्नालको आदेशलाई धज्जि उडाउदै प्रदेश नम्बर २ का प्रहरी प्रमुखहरु सीमा नाकालाई कमाइ खाने भाडो बनाएका छन् ।
त्यस्तै सीमा नाकाको जिम्मा पाएका सशस्त्र प्रहरी पनि नेपाल प्रहरी भन्दा के कम ? नेपाल र भारतको सीमा नाकाको जिम्मा पाएका सशस्त्र प्रहरीले समेत आफ्नो निकायको नियम कानुनको धज्जि उडाउदै सीमा नाकालाई कमाई खाने भाडो बनाएका छन् । धनुषा जिल्लाको ८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डेले समेत घुमुवाकै माध्यमले रकम उठाउनमा व्यस्त रहेको हेरिएका छन् । सशस्त्र प्रहरी उपरीक्षक पाण्डे सशस्त्र प्रहरी सहायक निरीक्षक अनिल रायलाई सादा पोशाकमा खटाई रकम उठाउन लगाएको एक जना तस्कर श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार धनुषा जिल्लाको बिभिन्न नाकाहरुबाट सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको नाममा करोडौ रुपैया उठने गरेको बताएका छन् । उनले प्रहरी प्रमुखलाइ नजराना दिएपनि सीमा नाकामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ समेत मोटो रकमको नजराना बुझाए पश्चात कार्य गरिरहेको स्विकारे ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा चाहे मात्रै सीमा नाकाहरुबाट ठूला वडा तस्करी चल्न सक्ने सम्भावना हुन्छ । धनुषा जिल्लाको बिभिन्न नाकाहरुबाट तस्करी फस्टाएपनि माथिल्लो निकायको मौनता नै ठुलो रकमको चलखेल रहेको बारे प्रष्ट पार्दछ । तसर्थ ः यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.