Ultimate magazine theme for WordPress.

धनुषाबाट पेस्तोलसहित दुई जना पक्राउ

49

जनकपुर, १४ माघ / मधेस प्रदेशको राजधानी जनकपुरबाट नेपाल प्रहरीले अवैध हतियार पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोक नजिकैबाट अवैध हतियार सहित दुई जना नेपाली नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई हतियार सहित नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्र्दै गत बिहिवार सुचना पाउनासाथ परिचालन भई गएका प्रहरी टोलीले खानतलासी गर्दा पेस्तोल बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काका अनुसार माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको बताए । सो पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धानको कामलाई अगाडी बढाएको बताए ।

Leave A Reply

Your email address will not be published.