कलैया, २२ असाढ / बाराको देवतालको गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले आफु बिकास प्रेमि रहेको दाबी गर्दै आएका छन्। साथै आफु गाउँपालिका बासीको चाहना अनुरुप भ्रष्टाचार मुक्त कामकाज गरीरहेको दाबी गर्ने गरेका छन्। आफु गाउँपालिकाबाट उपल्बध गराएको गाडी उपाध्यक्षलाई दिई जनताको कामको लागि मोटरसाइकल घुम्ने दाबी गरीरहेको गाउँपालिका अध्यक्ष यादव कमिशन उठाउन योजनाहरु कोटेशनमा बिक्रि गर्ने गरेको रहस्य बाहिर आएको छ।
गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा नै गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष २०७८÷०८० मा एउटै प्रकारका योजनाहरु एकमुष्ठ लागत अनुमान बनाई बोलपत्रको माध्यमबाट निर्माण कार्य महालेखापरीक्षकको कार्यालयले ठम्याई सैद्धान्तिक बेरुजु कायम गरेको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/०८० प्रतिवेदनमा देवताल गाउँपालिकाले बिभिन्न योजनाहरु कोटेशन मार्फत गराई एक करोड चार लाख ९२ हजार ३९६ रुपैया खर्च गरेको उल्लेख गरेको छ।
आर्थिक वर्ष २०७९÷०८० मा गाउँपालिकाको कार्यालयले कृष कन्ट्रक्सन महागढीमाई नगरपालिका १ सँग कोटेशनमा ५ लाखको सम्झौता गरी देवताल गाउँपालिकाको मेनरोड देखि प्रसाद महतोको घरसम्म सडक ढलान कार्य गराएको छ। त्यस्तै कोटेशन मार्फत नै सागर कन्ट्रक्सनसँग १० लाखको सम्झौता गरी निम चौक देखि मस्जिद हुदै नगर पैन सम्म सडक दलान , सोनाक्षी कन्ट्रक्सनसँग ७ लाखको सम्झौता गरी निम देखि रिसदको घर हुदै प्रमको घरसम्म सडक ढलान , खुशी कन्ट्रक्सनसँग ९ लाखको सम्झौता गरी स्कुल देखि कोनवामाई सम्म सडक दलान ,ए.यु.बिल्टस्स निर्माण सेवा एण्ड सप्लायर्ससँग १० लाखको सम्झौता गरी अवास मियाको घरदेखि पुलसम्म सडक ढलान, के.बि. निर्माण सेवा एण्ड सप्लायर्ससँग ५ लाखको सम्झौता गरी ठकुराईटोल झिटकैयामा सडक ढलान , अनमोल बिल्डर्स एण्ड सप्लायर्स प्राईभेट लिमिटेडसँग ६ लाख ६५ हजारको सम्झौता गरी मेनरोड देखि सुदामा महतोको घरसम्म पकी ढलान , साहिल कन्ट्रक्सनसँग ९ लाख ८५ हजारको सम्झौता गरी मेनरोड देखि दशैं रामको घर सम्म सडक ढलान , आशा कन्ट्रक्सनसँग १० लाखको सम्झौता गरी रौवाही माध्यमिक विद्यालयको नजिक रहेको पोखरीमा माटो पुर्ने , ग्राभिटी कन्ट्रक्सनसँग ५ लाखको सम्झौता गरी भिखारीको घरदेखि शम्भु साहको घर हुदै प्रेमचन्द साहको घरसम्म पकी ढलान , पुनः ग्राभिटी कन्ट्रक्सनसँग १० लाखको सम्झौता गरी वडा कार्यालय भवन निर्माण, अनमोल कन्ट्रक्सनसँग ५ लाख ७७ हजार २८३ रुपैयाको सम्झौता गरी रामबाबु रामको घरको बाटो देखि गली जाने बाटो ढलान , गुडिया निर्माण सेवासँग ९ लाख ५८ हजार ७२३ रुपैयाको सम्झौता गरी गुदर बैठाको घरदेखि दिनानाथ साहको घरसम्म सडक ढलान, चन्दा कन्ट्रक्सनसँग ४ लाख ७९ हजार ९३५ रुपैंयाको सम्झौता गरी बर्वा स्कुल निर रहेको पोखरीमा माटो पुर्ने कार्य र अनमोल बिल्डर्स एण्ड सप्लायर्ससँग ३ लाख ८५ हजार ६४० रुपैयाको सम्झौता गरी अकलु यादवको घरदेखि जालिम यादवको घरसम्म बाटो ढलान कार्य गरी १ करोड ४ लाख ९२ हजार ३९६ रुपैया खर्च गरेको छ।
यदि गाउँपालिका अध्यक्ष यादव ईमान्दारिता पुर्वक काम गरीरहेको भएको १ करोड भन्दा बढीको योजना कोटेशन मार्फत किन गरेका होलान ? भनि प्रश्न चिन्ह खडा भएको छ। साथै कमिशन नलिई कोटेशन मार्फत कार्य नै नहुने गरेको सर्वविदितै रहेको छ। यसरी गाउँपालिका अध्यक्ष उदय कतिको ईमान्दारिता पुर्वक गाउँपालिका सँचालन गरीरहेका छन। भनि महालेखापरीक्षकको प्रतिबेदनबाट नै प्रष्ट भएको छ।
साथै कमिशन उठाउने चक्करमा आठ वटा योजनाहरुको भुक्तानी बढी गराईएकोले ६१ हजार ६ सय ८६ रुपैया ८१ पैसा लेखापरीक्षणको प्रतिबेदन असुल उपर गर्नुपर्ने उल्लेख गरीएको छ। बिगत आर्थिकमा भएको कोटेशन प्रणाली यस आर्थिक बर्षमा समेत भएको स्थानीयहरुले आरोप लगाएका छन् । सभार: शुभ आरम्भ राष्ट्रिय दैनिक