Ultimate magazine theme for WordPress.

दशै तिहारको समयमा सशस्त्र प्रहरी बलका डिआइजी अर्यालको कडा निर्देशन

6,268

उमेश दुबे
पर्सा, ६ आश्विन / सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्यालले दशैको मौकामा आफ्नो मातहातमा खटिएका प्रहरीहरूलाइ कडा निर्देशन दिनुभएको छ । दशैको मौकामा कुनै अप्रिय घटना नहुन दिन सोचका साथ आफ्नो मातहातमा खटिएका प्रहरीहरूलाइ सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्यालले कडा निर्देशन दिनु भएको हो ।
नेपाल र भारतको सीमा सुरक्षा जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले दशै तिहारको मौकामा कुनैपनी अप्रिय घटना हुन नदिन प्रयासका साथ अगाडी बढेको डिआइजी अर्यालले जानकारी दिनुभयो । डिआइजी अर्याल यस अनलाइन सङ्ग कुरा गर्दै सशस्त्र प्रहरी बलको मुख्य जिम्मेवारी सीमा सुरक्षाको साथ साथै अपराधी क्रियाकलाप गर्नेहरू माथी समेत निगरानी बढाउने निर्देशन दिएको बताउनु भयो । उहाले आफ्नो मातहातमा रहेका प्रहरीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने बताउनु भयो ।
डिआइजी अर्याल सीमामा खटेका सशस्त्र प्रहरी बलको कुनैपनी कर्मचारी लापरबाही र बदमासी गरेको फेला परे कडा भन्दा कडा कारवाही गरिने बताउनु भयो । आफू रहुन्जेल सीमा र सीमाबाट हुने अबैध क्रियाकलापबाट कुनै समन्वय नगरिने ठोकुवा गर्नु भयो । दशैको मौकामा सीमाबाट हुने अबैध क्रियाकलाप सङ्ग कुनैपनी कर्मचारीले सेटिङ्गको कुरा अथवा मिलोमतो गरेको फेला परे जागिरबाट बर्खास्त समेत गर्ने चेतावनी दिएको बताउनु भयो ।
नेपाल र भारतको सीमामा अहोराती ड्युटी गरिरहेको सशस्त्र प्रहरी बलले आफ्नो इमान्दारिता पूर्वक कार्य गरिरहेको डिआइजी अर्यालले ठोकुवा गर्नुभयो । सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्यालले आफ्नो सङ्गठनको नीति निर्देशन बिपरित कार्य गर्ने जोकोही कर्मचारीलाई कारवाही गर्नबाट पछि नहटने दाबी गर्नुभयो । प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरूको सशस्त्र प्रहरी उपरीक्षक लगायत सशस्त्र प्रहरी निरीक्षकहरूलाइ कडा निर्देशन दिएको बताउनु भयो । डिआइजी राजु अर्यालको निर्देशन आउनसाथ ८ वटै जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक आ-आफ्नो मातहातमा रहेका बि.ओ.पि.हरूको कमान्डरलाइ समेत कडा रूपले प्रहरी परिचालन गरि इमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिएको बताइन्छ ।
बिगतमा भएका केही गतिविधिमा सशस्त्र प्रहरी बलका कर्मचारी भेटिएकोले कारवाही समेत गरिएको र अझ प्रहरी माथी कारवाही गरिरहेको डिआइजी अर्यालले बताउनु भयो । उहाले आफ्नो मातहातमा रहेको ८ वटै जिल्लाहरूको कुनैपनी प्रहरी बदमासी गरेको फेला परे कडा कारवाहीको भागिदार हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.