Ultimate magazine theme for WordPress.

तिलावे पूलको एप्रूभ डिजाइन अनुसार कार्य नगरेकोले, पप्पू लुम्बिनी जे.भि.को भुक्तानी रोकिने : योजना प्रमुख पान्डेय

391

उमेश दुबे
पर्सा, २३ असार ÷ पर्सा जिल्लाको तिलावे पूल निर्माणको लागि ठेक्का लिएका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भिको चरम लापरबाहीका कारण समय भित्र पूलको कार्य सम्पन्न हुन नसकेको पर्सावासीले आरोप लगाएका छन । कालो सुचिमा समेत परेका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भिले सम्झौता भएको ३ बर्ष बिति सक्दापनी पूलको कार्य सम्पन्न नहुनु बिडम्बनाको बिषय बनेको हो ।
हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय बिरगंज र ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भि.को बिच ३ बर्ष अगाडी पूल निर्माण गर्ने सहमती भएपनी ठेकेदार कम्पनी लोप भएका थिए । तर असार मसान्तमा रकम निकासाको लागि देखावटी रूपमा पूलको कार्य सुचारू गरिएको आम सर्वसाधारण बताउछन । ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भि. का प्रमुख सुमित रौनियारले आफ्नो दबङ्ग पाराले हुलाकी राजमार्गको निर्देशन विपरीत कार्य गरिरहेको पाइएको छ ।
आज भन्दा करीब ३ बर्ष अगाडी भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय बिमलेन्द्र निधीको पालामा तिलावे पूलको शिलान्यास भएपनी हालसम्म निर्माण गरि नसक्नु चलखेल नै रहेको बारे प्रष्ट पारिरहेको रामजनम चौधरीले आरोप लगाए । पर्साको ८० प्रतिशत जनताको दु:ख, मर्म सम्झी मन्त्री निधिले उक्त पूलको शिलान्यास गर्ने बेला छिटो सम्झौता गरि पूलको कार्य अगाडी बढाउने र ३ बर्ष भित्र कार्य सम्पन्न हुने बताएका थिए । तर राजनीति चापले गर्दा पूलको कार्य अलपत्र मै रहेको दुखेसो चौधरीले गरे ।
हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजले दिएको एप्रूभ डिजाइन अनुसार कार्य नभएको बताइएको छ । यस बिषयमा हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजका योजना प्रमुख दीपेन्द्र पान्डेयले तिलावे पूलको निर्माणको निम्ति ठेक्का लिएका पप्पू लुम्बिनी जे.भि.ले एप्रूभ डिजाइन अनुसार कार्य नै नगरेको स्विकार्नु भयो । उहाले पूलको कुनैपनि कार्य सम्पन्न नगरेकोले हालको समयमा भुक्तानी दिन नसकिने बताउनु भयो । हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजको एप्रूभ डिजाइन विपरीत कार्य गरिरहेकोले आफूहरू कुनै किसिमको भुक्तानी दिन नसक्ने स्थितिमा रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.