Ultimate magazine theme for WordPress.

डिआईजी पालले घुमुवा खटाए, सिमाना नाकामा चन्दा आतंक

434

उमेश दुबे
पर्सा, २४ पोष, प्रदेश नम्बर २ मा नेपाल प्रहरीका डिआईजी हरि बहादुर पाल आउन साथ सादा पोशाकमा घुमुवा परिचालन गरेका छन् । केही दिनदेखी सिमाना नाकाबाट तस्करी बन्द रहेपनि हालको समयमा सादा पोशाक टोलीको सहयोगमा तस्करी कार्य सुचारु भएको हो ।
एसएसपीबाट डिआईजी पदमा बढुवा भएका हरिबहादुर पाल आईजीपि सर्वेन्द्र खनालका बिश्वासिला पात्र हुन । आईजीपि खनालको आदेशानुसार कार्य गर्ने र गराउने गरेको एक जना प्रहरी अधिकृतले बताएका छन् । प्रदेश नम्बर २ मा आउनु भएका डिआईजी पाल प्रहरी संगठनको निति नियम विपरीत सादा पोशाकमा आफ्ना बिश्वासिला पात्रहरुको टोली खडा गरी आर्थिक संकलनमा लगाएको बुझिएको छ । डिआईजी पाल एनि हाउ पैसा कमाउ भन्ने उखानको धारणा अनुरुप कार्य गरिरहेको उहाकै प्रहरी श्रोतले जनाएका छन् ।
केहि महिना अघि प्रदेश नम्बर २ मा आउनु भएका पाल आफु सभन्दा इमन्दार रहेको र आफु हुन्जेल सिमाना नाकाबाट तस्करी ठप्प गर्ने प्रतिवद्धता जनाइरहेपनि हेराउने मुख अर्कै र खाने मुख अर्कै उखान जस्तो प्रष्ट भएको छ । प्रदेश नम्बर २ का ८ वटै जिल्लाहरुमा सादा पोशाकको टोली परिचालन गरेको पाइएको छ । ८ वटा जिल्लाहरु मध्ये पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी लगायतका ठाउहरुमा सादा पोशाकको टोली परिचालन गरिएको श्रोतको दावी रहेको छ ।
श्रोतले आफ्नो नाम गोप्य राख्ने सर्तमा डिआईजी पालले जनकपुरमा लागेको बिवाह पंचमी मेलामा ८ वटै जिल्लाका घुमुवाहरुलाई थन्काएपनि हालको समयमा सबै घुमुवाहरुलाई निति नियम निर्देशन विपरीत परिचालन गरेको बताए । नेपाल प्रहरी संगठनको निति अनुसार लागु औषध, हातहतियार वा कुनैपनि घटना हुन नदिनको लागि सादा पोशाकमा प्रहरी परिचालन गर्न पाउनु पर्ने तर सादा पोशाकको नाममा आर्थिक संकलनको कार्य फस्टाएको बुझिन्छ । आफ्नो संगठनको निति नियमलाई धज्जि उडाउदै डिआईजी पालले गरिरहेको कार्यलाई हेरी सीमाना नाकावासीहरु चकित परेका छन् ।
बारा र पर्सा जिल्लामा घुमुवाहरुको रकमी चन्दा आतंक बढ्नसाथ बिभिन्न ठाउहरुका तस्करहरु पुनः कार्य सुचारु गरेका छन् । ठूला वडा तस्करहरु घुमुवालाई मोटो रकमको नजराना दिए पश्चात बिहान बिहान वीरगंजको घण्टाघरमा तस्कर र घुमुवा चियापान कार्यक्रममा सहभागि भएको सजिलै हेर्न सकिन्छ । तसर्थः नेपाल प्रहरीको संगठन विपरीत कार्य गरिरहेका प्रहरीहरु माथि माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.