Ultimate magazine theme for WordPress.

डिआइजी श्रेष्ठको फेरि अर्को धमाका, चल्लको गाडी सहित ३ जना पक्राउ

611

उमेश दुबे
जितपुर, १७ माघ / सस्त्र प्रहरीले बाराको जितपुरबाट चल्लाको गाडी सहित ३ जनालाइ पक्राउ गरेको छ । भारतबाट अबैध तरिकाले भित्रिएको चल्ला हेटौडातर्फ जाँदै गरेको अवस्थामा सस्त्र प्रहरीको २ नम्बर बाहिणी र सुरक्षा बेस जितपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गर्न सफल भएको हो ।
विशेष सुचनाको अधारमा सस्त्र प्रहरी निरीक्षक रामबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा न ७ बाट पक्राउ गर्न सफल भएको सस्त्र प्रहरी बेस जितपुरले जनाएको छ । परवानिपुरतर्फ बाट हेटौडा गइरहेको ना ५ ख ६५०९ नम्बरको मिनि ट्रकमा चेकजाच गर्दा ५ हजार चल्ला, १ थान मोटरसाइकल र ३ जना ब्यक्ति पक्राउ गरिएको सस्त्र प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

आज बिहान ५ बजेको समयमा चल्लाको गाडी सहित पक्राउ गरिएको जनाइएको छ । सस्त्र प्रहरी २ नम्बर बाहिणीका प्रमुख डिआइजी प्रविन श्रेष्ठको १ महिना नबितिदै यो ६ वटा ठूलो कार्य मध्ये एक हो ।

Leave A Reply

Your email address will not be published.