Ultimate magazine theme for WordPress.

डिआइजी अर्यालको निर्देशनलाइ धज्जी उडाउदै श्रीसियाबाट घुमुवा परिचालन

775

उमेश दुबे
पर्सा, १९ असार / सशस्त्र प्रहरी बल बाहिनी नम्बर २ मा आउनु भएका डिआइजी राजु अर्यालको निर्देशनलाइ धज्जी उडाउदै बोर्डर आउट पोस्ट श्रीसियाले घुमुवा परिचालन गरेको छ । बोर्डर आउट पोस्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवनमल्ल ठकुरीको निर्देशनमा घुमुवा परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बल बाहिनी नम्बर २ का प्रमुख डिआइजी राजु अर्यालले सबै युनिटहरूको घुमुवा तानी घुमुवा परिचालन गर्न नपाउने आदेश गरेपनी सशस्त्र प्रहरी निरीक्षक ठकुरीले घुमुवा परिचालन गरेका छन । बोर्डर आउट पोस्ट श्रीसियाबाट सशस्त्र प्रहरी जवान हरिचन्द्र महतो घुमुवामा खटेका छन । सशस्त्र प्रहरी जवान महतोको कार्य मात्र तस्कर सङ रकम उठाउनु हो । सशस्त्र प्रहरीबाट सादा पोशाकमा प्रहरी परिचालन गर्नु स्वभाविक हो तर सादा पोशाकको टोलिको कार्य नै छोडी मात्र तस्कर सङ रकम उठाउनु कतिसम्मको सराहनीय कार्य रहेको बारे सजिलै बुझ्न सकिन्छ ।
बोर्डर आउट पोस्ट श्रीसियाको क्षेत्र अलौ नाका छेउमा पर्ने ड्राइपोर्ट पछाडीदेखि बाराको मुसहर्वासम्म पर्दछ । उक्त नाकाबाट तस्करीका काम गर्ने तस्कर संगठनहरू सङ मोटो रकमको नजराना बुझ्नको निम्ति सशस्त्र प्रहरी जवान हरिचन्द्र महतोलाई खटाइएको छ । सशस्त्र प्रहरी जवान महतोले कपडा, हार्डवेयर, सुख्खा, मरिच लगायतका तस्करहरू सङ रकम बुझी श्रीसिया र भकुवा नाकाबाट लाइन दिएका छन । डिआइजी अर्यालको आदेशलाइ धज्जी उडाउदै खटिएको सशस्त्र प्रहरी जवान महतो ४ दिन ड्युटी गर्ने त ४ दिन सिबिलमा खटने गरेको बताए ।
एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका सशस्त्र प्रहरी निरीक्षक जिवनमल्ल ठकुरीले डिआइजी राजु अर्यालको आदेशलाइ धज्जी उडाएका छन कि डिआइजी अर्यालको समेत सहभागिता रहेको छ त्यो हेर्न बाकी नै रहेको छ । सशस्त्र प्रहरी संगठनको नीति निर्देशन विपरित कार्य गर्ने यस्ता प्रहरीमाथी कारवाही गर्न अवाश्यक देखिन्छ तसर्थ माथिल्लो निकायको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.