Ultimate magazine theme for WordPress.

ठाकुराम बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघ गठन

27

वीरगंज १८ माघ । मधेस प्रदेशको एक मात्र महानगर वीरगंज स्थित रहेको ठाकुराम बहुमुखी कलेजमा आज बिबिएस दोस्रो बर्ष नेपाल बिधार्थी संघ गठन भएको छ । ठाकुरराम बहुमुखी कलेजको सभाहलमा बिबिएस दोस्रो बर्ष नेपाल बिधार्थी संघ गठन भएको हो ।
ठाकुराम बहुमुखी कलेजमा अध्ययन गरिरहेका छात्र/छात्राहरुको उपस्तिथिमा क्याम्पसमा एमबिएस तेस्रो सेमेस्टरमा अध्ययन गरिरहेका बिकाश मण्डलको सभापतित्वमा समिती बिस्तार गरिएको छ । बिकाश मण्डल लगभग ७÷८ वर्ष देखि बिद्यार्थीहरुको हकअधिकारका लागि काम गर्दै आईरहेका छन । उनी बिद्यार्थीका लागि भुईसतहमा रहेर सक्रिय रुपले काम गर्ने बिद्यार्थी नेता हुन भनी नेपाली कांग्रेसका अग्रज नेताहरुको भनाई रहेको छ ।
कलेजमा अध्ययन गरिरहेका बिद्यार्थीहरुको लागि शिक्षा, स्वास्थ्य, रोजगार, महिला सशक्तिकरण लगायतको विषयमा सुधार गर्नका निम्ती संघ गठन गरिएको बताइन्छ । नया“ कार्यसमितिका अध्यक्षमा राकेश चौरसिया, उपाध्यक्षमा सुनिल मुखिया, रेनु चौधरी र सिद्धार्थ मण्डल, सचिवमा बिकास महतो, सह–सचिवमा दिनानथ साह, श्रुति राय र प्रमानन्द चौधरी, भगवान मुखिया र सागर चौधरी, कोषाध्यक्षमा एलिना चौधरी रहेकी छन भने सदस्यहरुमा आनन्द कुमार साह, सिकेनदर कुश्वहा, संगीत जयसवाल, अतिस यादव, निरन्जन चौधरी, निरज कुमार गुप्ता, जावेद आलम, राकेश चौधरी, अस्मिता चौधरीलाइ सर्व सहमतिले चयन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बिधार्थी संघ पर्साको सभापति इन्जिनियर रमेस यादव, नेपाल बिधार्थी संघ पर्साको सचिव फिरोज अन्सारिको पनि विशेष उपस्तिथि रहेको थियो । सो कलेजमा अध्ययन गरिरहेका बिद्यार्थी नेता सुधानसु चौरसिया र बिट्टु पटेलको उपस्तिथि रहेको थियो ।

Leave A Reply

Your email address will not be published.