Ultimate magazine theme for WordPress.

ठाकुराममा कालो झण्डा

57

विरगंज, फागुन १४ : त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विरोध गर्दै आएको विद्यार्थी मोर्चाले सनिवार विरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कालो झन्डा झुण्डाएको छ ।

मधेशी दल संग आवद्ध विद्यार्थी संगठनहरुको समूह विद्यार्थी मोर्चाले संबिधान संसोधन नभए सम्म मधेशमा कुनै चुनाव नगराउन दिने भन्दै स्ववियु निर्वाचनलाइ स्थगित गर्ने मांग राख्दै आएको छ ।

समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तथा ठाकुर राम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष निखिल वर्णवाल र समावादी विद्यर्थी संघका ठाकुर राम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मधुसुदन चौरसियाको संयुक्त नेतृत्वमा गएको टोलिले आज स्ववियु निर्वाचन स्थगित गर्ने मांग गर्दै कालो झन्डा झुण्डाएको हो ।

Image may contain: 1 person, outdoor

अध्यक्ष चौरसियाले मधेशको मांग सम्बोधन नभएसम्म मधेशमा कुनै चुनाव नगर्न दिने बताए छन् । त्यस्तै अध्यक्ष वर्णवालले क्याम्पस प्रशासनले निर्वाचन सम्बन्धि कुनै कार्य आघि सरे विद्यार्थी मोर्चा ससक्त रुपमा प्रस्तुत हुने बताए छन् ।

विभिन्न मांग राख्दै विरोध गर्दै आएका विद्यार्थी मोर्चाले विहिवार क्याम्पस प्रशासनले बिना कुनै जानकारी संगठन दर्ता गरेको विरोधमा क्याम्पसमा तोडफोड र क्याम्पस सह-प्रमुखको कार्यालयमा आगजनी समेत गरेको थियो । आगामी फागुन १८ गते हुने भनिएको स्ववियु निर्वाचन हुने सम्भावना घट्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.