Ultimate magazine theme for WordPress.

ट्राफिक सम्बन्धी सम्पुर्ण समस्या समाधानका लागि सप्ताहव्यापी कार्यक्रम शुरु

132

पुस ९ वीरगंज । समुदाय प्रहरी साझेदारीमा सडक सभ्यता अभिबृद्धि तथा सवारी दुर्घट्ना न्युनीकरण सम्बन्धी सडक सुरक्षा सप्ताह आजदेखी वीरगंजमा शुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा औपचारीक कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरीएको हो । जसअन्तर्गत एक सप्ताहमा फरक–फरक ट्राफिक सम्बन्धी समस्यालाई समाधानका लागि अभियान सञ्चालन गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राज कुमार सिंहले जानकारी दिनुभयो । अभियानको पहिलो दिन आज सवारी साधनको पछाडीको भागमा रातमा टल्कीने (रिफ्लेक्टीभ) स्टीकर टाँसीएको छ । त्यसैगरी भोली देखी सवारी साधनमा जाडोयाममा आवश्यक पर्ने फग लाईटक र सवारीको यान्त्रीक अवस्था चेक जाँच गरीनुको साथै सवारी साधनको लाईसेन्स ब्लुबुक चेकजाँच, चारचक्के सवारीको क्याबीनमा अनावश्यक रुपमा राखिने लाईट तथा फुलमाला र स्टीकर हटाईनेछ । त्यस्तै प्रेसर हर्नमा रोक, महानगरपालिका सँगको समन्वयमा पार्कीङमा राखिने सवारी साधनलाई व्यवस्थीत गर्नुको साथै बजारका विभिन्न स्थानमा ट्राफिक चिन्ह राखीने, सडक र फुटपाथका अतिक्रमण हटाउने र सफा राख्ने, सवारीमा रहेको आरक्षण सिटको प्रयोगमा जोड दिने र क्षमता भन्दा बढि यात्रु र माल सामान ओसार पसार गर्ने सवारीलाई कारवाहि गर्ने लगाएतको रहेको छ । कार्यक्रमको पहिलो तालिका अन्तर्गत सर्वसाधरणमा ट्राफिक सम्बन्धी जनचेतना अभिबृद्धि गरी समस्या समाधान गर्ने रहेपनि त्यसपछि समेत अटेर गर्नेहरुलाई कारवाहिको प्रकृयामा लगिने ट्राफिक प्रमुख सिंहले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले वीरगंजमा पुस १७ गतेदेखी हर्न निषेध गर्ने बताउनुभयो । हर्न बजाउँदैमा दुर्घट्नामा कमी नआउने भएकोले हर्नलाई पुर्ण रुपमा निषेध गरेर जानुपर्नेमा उहाँले जोड दिनुुभयो । कार्यक्रममा प्रदेश ट्राफिक कार्यालय पथलैया बाराको प्रहरी उपरिक्षक किरण बज्राचार्य, प्राध्यापक डा. दिपक शाक्य, यातायात व्यवस्था कार्यालय नारायणीका सुरेन्द्र कर्ण, स्थानिय जनप्रतिनिधि र यातायात व्यवसायी लगाएतको सहभागिता रहको थियो ।

Leave A Reply

Your email address will not be published.