Ultimate magazine theme for WordPress.

ट्राफिक प्रहरीको लूटतन्त्र, सर्वसाधारणलाइ सास्ती

112

पर्सा, १८ जेष्ठ / ट्राफिक प्रहरीको लूटतन्त्रका कारण सर्वसाधारणलाइ सास्ती खेप्नु परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको मातहातमा पर्ने अस्थायी ट्राफिक प्रहरी पोस्ट ड्राइपोर्टमा कार्यरत ट्राफिक प्रहरीले आफ्नो वर्दिको आडमा कमाइ खाने भाडो बनाए पश्चात सर्वसाधारणलाइ सास्ती खेप्नु परेको हो ।

भारतबाट मालसमान बोकि नेपाल भित्रिने भारतीय सवारि साधनबाट बिभिन्न बहाना बनाउदै दैनिक लाखौ रूपैया संकलन गर्ने गरेको भारतीय सवारी चालकले बताउछन । दैनिक भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारत जाने भारतीय सवारि साधनबाट ट्राफिक प्रहरीले रकम असुल्ने गरेको चालकहरू बताउछन । ट्राफिक प्रहरीसम्म पहुच रहेकाहरूले पैरवीको अधारमा छोडने र पहुच नभएकाहरूले ट्राफिक प्रहरीलाइ नजराना बुझाइ मात्र भित्रिने र पुन: भारत फर्किने गरेको भारतीय चालकहरूले गुनासो पोखेका छन ।

आफुहरू पटक पटक मालसमान बोकि नेपाल भित्रिने गरेको कारण आफ्नो नाम र गाडिको नम्बर गोप्य राख्ने सर्तमा ट्राफिक प्रहरी देशको मेरूदन्डको रूपमा चिनिएपनि आफ्नो वर्दिको फाइदा उठाउदै रकम उठाउने गरेको चालक बताउछन । ट्राफिक प्रहरीले मात्र ड्राइपोर्टमा रकम लिदैन्न परवानिपुरमा समेत रकम लिएरै सवारी साधन जान दिन्छन भन्दै चालकले दुखेसो पोखे । उहाले आफुहरू भारतीय रहेकै कारण ट्राफिक प्रहरीले दोधारो निति लगाएको हुन सक्ने आशन्का समेत ब्यक्त गरे । यता एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका ट्राफिक प्रहरीले बिरगंजको ड्राइपोर्ट र परवानिपुर प्रमुखमा जान रूचाउछन । माथिल्लो निकायलाइ केहि रकम बुझाएरै भएपनि यि दुइ स्थानमा ट्राफिक प्रहरी जान खोज्छन र माथिल्लो निकायलाइ नजराना बुझाएकै कारण यि दुइ स्थानमा सर्वसाधारणलाइ दुख दिएर भएपनि आफ्नो आर्जन गर्न सफल भएका हुन्छन । तसर्थ : सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.