Ultimate magazine theme for WordPress.

ट्रम्पलाई ओबामाको चेतावनी–ह्वाइट हाउस ‘पारिवारिक व्यवसाय होइन’

52

बिरगंज सिटि ,पुष २५ : अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसलाई ‘पारिवारिक व्यवासाय’ जसरी सञ्चालन नर्गन चेतावनी दिएका छन् ।

अमेरिकी टेलिभिजन एबिसी न्युजसँगको अन्तर्वाताको क्रममा राष्ट्रपति ओबामाले ट्रम्पले अमेरिकी सम्मानित संस्था ह्वाइट हाउसको सम्मान गर्नु पर्ने बताउनुभयो । उनले भने ‘डोनाल्ड ट्रम्प तपाईंले सपथ लिएपछि विश्वकै ठूलो संस्थाको प्रमुख बन्नु हुनेछ, त्यसको सम्मान गर्नुहोला ।’ राष्ट्रपति ओबामाले चुनावी अभियान चलाउनु र शासन गर्नुमा धेरै अन्तर रहेको बताए ।
ट्रम्पले चुनावी अभियानका बेला बोलेका कुरालाई गम्भीर रुपमा लिएका विश्वभर धेरै रहेको र त्यसलाई पूरा गर्नु चुनौती रहेको ओबामाको भनाई छ ।
राष्ट्रपतीय चुनावमा भएको रुसी ह्याकिङका विषयमा ट्रम्पको भनाई गैरजिम्मेवार रहेको ओबामाले बताउनुभयो । ट्रम्पले यस्तो आक्रमणको प्रभावलाई कम आंकलन गरेको बताउनुभयो । गएको नोभेम्बरमा भएको चुनावमा विजयी हुनुभएका ट्रम्पले जनवरी २० देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

Leave A Reply

Your email address will not be published.