Ultimate magazine theme for WordPress.

जिल्ला समन्यव समितिको बोर्डमा मोर्चाले कालो लगाएर मेटायो

82

बिरगंज ,चैत्र ७ :आन्दोलनरत मधेशी मोर्चाले जिल्ला समन्यव समिति पर्साको कार्यालयको बोर्डमा कालो लगाउदै साबिक जिल्ला विकास समितिको कार्यालय जिल्ला समन्वय समितिमा रुपान्तरित भएपछि बनाइको साइनबोर्ड मेटाएका छन् । मोर्चाका कार्यकर्ताले बोर्ड मेटाउनका लागि सोमबार बिहान कालो पोतेका छन् ।

सोमबार बिहान मोर्चाका स्थानीय नेताहरु संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका पर्सा अध्यक्ष प्रेमबाबु पटेल, तराई मधेश सद्भावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव, फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकिम मिया, सद्भावनाका पर्सा उपाध्यक्ष इश्वरचन्द्र यादव लगायतको नेतृत्वमा पुगेका कर्मचारीहरुले मुल गेट र समितिको कार्यालय भवनमा लेखिएका बोर्डमा कालो पोतेका थिए । उनीहरुले अहिलेकै अवस्थामा स्थानीय तह संचालन र निर्वाचन हुन नदिने मोर्चाका स्थानीय नेताहरुले घोषणा गरे ।

‘मधेशको सहभागिता पहाडकोभन्दा आधा रह्ने गरी स्थानीय निकाय बनेको छ,’ फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भने, ‘मधेशमा प्रतिनिधित्व घटाउन र बिकास बजेट ३० प्रतिशत मात्र आउने गरी अहिले स्थानीय तह निर्धारित गरिएको छ, यहाँको जनताले यो बद्मासी बुझेका छन्, जनता हाम्रो साँथमा छन्, हामीलाई अहिलेको गाउँपालिका र नगरपालिका मान्य छैन् ।’

स्थानीय तहको सन्दर्भमा आफुहरुको न्यायपुर्ण राजनीतिक मागहरुलाई सरकारले सुनुवाई गर्ने छाँटकाट नदेखाएकोले यस प्रकारले बिरोध जनाउन बाध्य भएको उनले बताए । सरकारले मधेशमा बलजफ्ती चुनाव गराए आफुहरुले कडा प्रतिवाद गर्ने सद्भावना पार्टीका वीरगन्ज ओमप्रकाश सर्राफले प्रतिक्रिया दिए । पुर्व राज्यमन्त्री करिमा बेगम, नेताहरु बिरेन्द्र यादव मुस्तकिम अन्सारी लगायतले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरे ।

Leave A Reply

Your email address will not be published.