Ultimate magazine theme for WordPress.

जति रकम बाडेपनि यसपालिको निर्वाचनमा जनता स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा रहने : मतदाता

103

पर्सा, २७ कात्तिक / मधेस आन्दोलनमा सहादत संग मात्र नभई मधेसको प्रत्येक जनताको मर्म संग खेलवाड गरेको मधेसी दलका पार्टीलाई यसपालिको निर्वाचनमा मतदान नगर्न मतदाताहरुले अडान लिएका छन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले आफ्नो कुर्सी र सत्ताको लागि मधेस आन्दोलन गराई सहादत भएका परिवार संगै प्रत्येक मधेसी जनताको मर्म संग खेलवाड गरेको मधेसी दललाई यसपालिको निर्वाचनमा मतदान नगर्न अडान लिएका हुन ।
आफ्नो कुर्सी र सत्ताको लागि सोझा साझा मधेसी जनतालाई विभिन्न मांगको बाहाना गर्दै गरिएको मधेस आन्दोलनका कारण मधेसी दलका नेताहरु निर्वाचित त भए तर मधेसी जनताको लागि केही गर्न नसकेको आरोप क्षेत्र नम्बर १ का मतदाताहरु लगाउन थालेका छन । मधेसी जनताकै मतबाट निर्वाचित भएका नेताहरु, त्यही जनतालाई राणशाही कालकै शाषण गर्न खोजिएको, युवाहरु आरोप लगाउन थालेका छन । मधेसी जनता माथि पटक पटक अन्याय गर्दै आएको मधेसी दलले निर्वाचनको समयमा जवाफ फर्काउन नसकेको समेत मतदाताहरु बताउछन ।
प्र्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै जादा मधेसी दलका नेताहरु पनि घरदैलो अभियानलाई तिब्रता दिएका छन । तर घरदैलो गर्दा गर्दै मधेसी नेता संग मतदाताहरुले गरेको प्रश्णको जवाफै नदिई बिच सडकबाटै भाग्ने कार्य मधेसी दलका नेताहरु गरिरहेको मतदाताहरु बताउछन । एक जना मतदाताका अनुसार सडक निर्माण, नाला निर्माण, पोखरी निर्माणहरुमा आफ्नै आसेपासेलाई ठेक्का दिएर कमिसनको भरमा काम गर्दै आएको मधेसी दललाई यसपालि बहिस्कार गर्दै स्वतन्त्र उम्मेदवारलाई जिताउन मधेसी जनता लागि परेको बताए ।
भ्रष्टाचार नै भ्रष्टाचार लागेका मधेसी नेताहरुलाई यसपालिको निर्वाचनमा मतदाताहरु निर्वाचित नगराउन अडान लिएपछि मधेसका मसिहाहरु रकमको बिठो लिएर घुमिरहेको तारानाथ शर्माले जानकारी दिनुभयो । उहाले आफुलाई मधेसको मसिहा बताउने प्रदिप यादव खासमा हेर्ने हो भने मधेसी जनताको लागि होइन यसपालि पनि निर्वाचित भए आफ्नै कुर्सी र सत्ताका साथ साथै आम्दानी बढाउनेमा दुईमत नै नरहेको, उनले बताए । भ्रष्टाचार गरेका छैन्न भने कसरी निर्वाचनको समयमा पैसा बाड्दै हिडिरहेका छन ? भन्दै प्र्रश्ण गरेका थिए ।
प्रत्येक वडा वडामा अगुवाहरुको रकम जिम्मा लगाई मतदाताहरुलाई रकम बाड्ने काम भएको शर्माले जानकारी दिनुभयो । मतदातामा जति रकम बाडेपनि यसपालिको निर्वाचनमा जनता स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा रहेको, उनले बताए । यसपालिको निर्वाचनमा निगरानीमा खटिने प्रहरी प्रशासन समेत सत्तामा बसेका नेताहरु संग सहकार्य गर्दै स्वतन्त्र उम्मेदवारलाई हराउने प्रयास गरेको समेत उनले दावी गरे । फोटो/युथ औफ वीरगंज

Leave A Reply

Your email address will not be published.