Ultimate magazine theme for WordPress.

छठ पर्व मनाउन थप एक दिन विदा दिने – नगरप्रमुख सरावगी

273

वीरगंज, १७ कार्तिक ÷ वीरगंज महानगरपालिकाले हिन्दुहरुको महान चाड छठ पर्बको अवसरमा थप एक दिन बिदा दिने निर्णय गरेको छ । आफ्नो कार्यक्षेत्र भित्र पर्ने सरकारी कार्यालयहरुमा छठ पर्बको अवसरमा एक दिन थप बिदा दिने निर्णय गरिएको वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भएको हो ।
नगर प्रमुख बिजय कुमार सरावगीको अधयक्षतामा बसेको बोर्ड बैठकले अगामी कार्तिक २७ गते पर्ने छठ पर्व भब्य रुपमा मनाउन नगर क्षेत्र भित्रका महानगरको स्वामित्वमा रहेका सरकारी कार्यालयहरुलाई २६ गतेदेखी नै छठ पर्बको बिदा दिने निर्णय गरेको बताइएको छ । बोर्ड वैठकले दिपावली तथा छठ पर्वमा नगरको सजावट सँगै सरसफाईलाई प्रमुख एजेण्डाको रुपमा अगाडी बढाउन निर्वाचित जनप्रतिनिधि चौविसै घण्टा खटने र नगरको सरसफाईमा उच्च सतर्कता अपनाउन नगरवासीलाई आह्वान समेत गरेको महानगरपालिकाका प्रमुख सरावगीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.