Ultimate magazine theme for WordPress.

चुुहावट राेेकन वीरगंज भन्सार कार्यालयमा डिजिटल सेवा शुरु

128

वीरगंज,  पुस २८ :  वीरगंज भन्सार कार्यालयले अनलाइन सेवा शुरु गरेको छ । अनलाइन डिजिटल प्रणालीमार्पmत् मालसामानको जाँचपास गरिएको छ ।

वीरगंज भन्सार कार्यालयमार्पmत आयात–निर्यात गर्ने व्यवसायीहरूलाई अनलाइन शुरु भएपछि सहज भएको र चुुहावट राेेकन मिलनेे प्रमुख भन्सार अधिकृत सेवन्त पोखरेलले बताए ।

भन्सारको काम कारबाईलाई कागजमुक्त गराउने उद्देश्यले सञ्चालित अनलाइन सेवाबाट सेवाग्राहीहरूले कार्यालय, घरबाटै बसेर भन्सारका थुप्रै काम सम्पन्न गर्न सक्ने उनले दाबी गरे । उनले भन्सारलाई आवश्यक कागज प्रमाण आगामी दिनमा सेवाग्रFहीले अनलाइनमार्पmत उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको बताए । कागजपत्रको लागि सेवाग्राहीहरू भन्सार कार्यालय धाइरहनुपर्ने अवस्था आगामी दिनमा नहुने उनको भनाइ थियो ।

यो सेवापछि भन्सारमा मालवस्तु छुटाउनका लागि मात्र सेवाग्राही आउँदा हुने भएकाले मानिसको भीड पनि कम हुने विश्वास व्यक्त गरे । अनलाइन सेवा सञ्चालनका लागि वीरगंज भन्सार कार्यालयका एक दर्जन कर्मचारी खटेका थिए । अनलाइन सेवा सञ्चालन अघि वीरगंज भन्सार कार्यालयमा आसीकुडा प्रणालीबाट काम हुने गथ्र्यो । आसीकुडा अनलाइनमा गएपछि कार्य सम्पादनको लागि कर्मचारीहरूलाई तालिम दिएर दक्ष्F बनाइएको सूचना अधिकृत मोहनराज भट्टले बताए

Leave A Reply

Your email address will not be published.