Ultimate magazine theme for WordPress.

चुनावमा भाग नलिने राजपाको निर्णय आत्मघाती कदम – उपेन्द्र यादव

53

वीरगन्ज, १४ जेठ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा भाग लिने राष्टिय जनता पार्टीको बखेडाले उसलाइ नै घाटा हुने बताउनु भएको छ ।
आइतवार वीरगन्जमा फोरम नेपाल पर्साले आयोजना गरेको बृहद पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले आफुले भनेको चुनाव चिन्ह नपाएका कारण राष्ट्रिय जनता पार्टीले चुनावमा भाग लिन नमानेको बताउनु भयो ।
राजपा चुनावमा जानका लागि तयार नै थियो , तर आफुले भनेको चुनाव चिन्ह नपाएपछि अहिले चुनावमा जान्न भन्दैछ , उहाले भन्नु भयो , ‘चुनावमा भाग नलिने राजपाको अडान उसकै लागि घातक हुन्छ , राजनीतिमा उ फेल खान्छ , आफनो दलीय हैसीयत पनि गुमाउछ ।
अध्यक्ष यादवले मधेस आन्दोलनमा सरकारले मधेसी जनता माथि चलाएको बुलेटको जवाफ ब्यालेटबाट दिनका लागि नै फोरम नेपालले चुनावमा भाग लिएको बताउनु भयो ।
सरकार र मुख्य तीन दलले कुनै पनि हालतमा संविधान संशोधन नगर्ने भएका कारण नै चुनावमा भाग लिएर जनमत प्राप्त गरि मधेसीको हक अधिकार सुनिश्चित गर्नु पर्ने अध्यक्ष यादवले बताउनु भयो ।
स्थानीत तह भनेको स्थानीय सरकार हो ,स्थानीय सरकार कब्जा गरियो भने भोलि प्रदेश सरकार पनि हाम्रो हुन्छ , संसदमा पनि हाम्रो उपस्थिती बलियो हुन्छ , उहाले भन्नु भयो ,‘ मेरो सोच भनेको मधेसीको हक अधिकारका लागि सबै मधेसी दल एक भएर मधेस विरोधी शक्ति विरुद्ध लडौ , चुनावमा भाग लिएर स्थानीय सत्ता कब्जा गरौं , त्यसपछि सत्तमा रहेकाहरु हाम्रो माग सम्बोधन गर्न आफै बाध्य हुनेछन् ।
आन्दोलनको नाममा मधेसी जनतालाइ अब दुख दिने सोचमा आफुहरु नरहेको भन्दै उहाले चुनाव पनि संघर्षकै एक स्वरुप भएको बताउनु भयो ।
कार्यक्रममा एक साता पहिले एमाले मधेस विरोधी पार्टी भएको भन्दै एमाले परित्याग गरेका नेकपा एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरी र पुर्वसभासद समेत रहेका एमाले पर्साको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति प्रधुमन चौहान आज औपचारिक रुपमा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भयो ।
यस्तै लोकटाइम्स दैनिक पत्रिकाका प्रधान सम्पादक पवन तिवारी ,सुजीत गिरी लगायत सयौँ व्याक्तिहरु पनि एमाले तथा बिभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई पार्टीमा स्वागत गर्नुभयो ।गत जेठ ८ गते वीरगन्जमा पत्रकार सम्मेलन गरेर गिरी र चौहानले एमाले मधेस विरोधी दल भएको भन्दै पार्टी परित्याग गरको बताउनु भएको थियो ।
फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गद्धी , मधेस प्रदेश सचिव सलाउदीन अहमद , कोषाध्यक्ष विजय सरावगी , नेताहरु शीवजी सोनी , रामनरेश प्रसाद यादव , नव प्रवेशी नेताहरु प्रहलाद गिरी र प्रधुमन चौहानले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.