Ultimate magazine theme for WordPress.

घर बिहिन भएकालाई सशस्त्र प्रहरीद्वारा टेन मेन टेन्ट नामक टहरा निर्माण

1,089

उमेश दुबे
बारा,१९ चैत्र । आईतबार सांझ आएको बिनासकारी हावाहुरीले बढी बितण्डा मच्चाएको फेंटा गांउपालिकामा टहरा निर्माण कार्य तिब्र रूपले अगाडी बढेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको चाइनिज टहरा सशस्त्र प्रहरीले निर्माण गर्न शुरू गरेको हो ।
तीन सय थान टहरा सशस्त्र प्रहरी प्रधान कार्यालयले पठाएको र त्यस मध्ये निनाब्बे थानको निर्माण कार्य सम्पन्न गरिएको र भोलिसम्म टेन मेन टेन्ट नामकको निर्माण कार्य सम्पन्न हुने सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीले टेन मेन टेन्ट टहराले गर्दा घर बिहिन भएकाहरू राहत महसूस गरेका छन । सशस्त्र प्रहरीले निर्माण गरेको टहरामा १० जनाले सुत्न बस्न सक्ने क्षमता रहेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.