Ultimate magazine theme for WordPress.

घमण्डी र भ्रष्टाचार गर्नेहरुको यसपालि अन्तय हुने: मतदाता

70

पर्सा, ४ कात्तिक / पर्सा जिल्ला क्षेत्र नम्बर १ का जनताहरुले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा घमण्डी र भ्रष्टाचार गर्नेहरुको अन्तय हुने दावी गरेको छन । मधेसी जनताको नाममा गर्दै आएको भ्रष्टाचार तथा घमण्डी पाराले समभाल्दै आएका कुर्सीधारीहरुको यसपालि हुन गइरहेको निर्वाचनमा अन्तय हुने मतदाताहरुले दावी गरेका हुन ।
पर्सा जिल्लाको क्षेत्र नम्बर १ का जनताहरुले यसपालि भ्रष्टाचार गर्नेहरु तथा घमण्डी पाराले कुर्सी समभाल्दै आएका कुर्सीधारीहरुलाई तह लगाएरै छोड्ने बताएका छन । मधेस पहाडमा फुट हाल्दै सिंगो नेपाललाई ७ प्रदेशमा बिभाजन गरी मधेसी दलले रोटी सेक्ने काम गरेको आरोप लगाउदै यसपालि स्वतन्त्र उम्मेदवारलाई रोज्ने बताएका छन । निर्वाचनको समयमा घरदैलो गर्दै मधेसी पहाडीको पाठ सिखाउदै मधेसी नेताहरुले आफ््नो मत कमाउने गरेको तर निर्वाचित सम्पन्न भइ सके पश्चात आफ््नो रोटी सेक्ने बाहेक केही विकासको काम गर्न नसकेको समेत आरोप स्थानीयहरुको रहेको छ ।
मधेसीको मांग रहेको बताउदै, बिभिन्न प्रोपकाण्ड फैलाउदै, आन्दोलन गराउने गरेको र भोट बैंक बढाउने गरेकै कारण निर्वाचित हुदै आएको मधेसी दल भनिने यसपालिको निर्वाचनमा सखाप हुने स्थानीयहरुले ठोकुवा गरे । मधेस आन्दोलनमा मधेसी जनताको टाउको र छातीमा गोली चलाउन लगाउने केपी ओलीको सरकार संग समन्वय गरेकै कारण यसपालि हुने निर्वाचनमा गठबन्धन सखाप हुने समेत जिकिर गरे । मधेसी जनताको नाममा अकुत सम्पती कमाएका नेताहरुको बिषयमा यसपालिको निर्वाचनमा जनताले हिसाब गर्ने स्थानीयहरुको ठहर रहेको छ ।
सोझा साझा मधेसी जनतालाई झुक्याउदै भ्रष्टाचार गर्नेहरुलाई यसपालि मधेसी जनताले कुनै हालतमा निर्वाचित गराउन नसक्ने दावी गरेका छन । आफ्नो कुरा र भाषणमा अडिग रहन नसक्ने सांसदलाई समेत यसपालिको निर्वाचनमा पराजित गराउने उदेश्यले लागि परेको समेत दुखेसो स्थानीयहरुको रहेको छ । कहिले मधेसको मांग त कहिले मधेस बिरोधीलाई वडामा छिर्न नदिने त कहिले त्यही मधेसी हत्यारा संंग साटघाठ गरी हात मिलाउदै मत मांग्न आउने गरेको कारण यसपालिको निर्वाचनमा त्यस्ता गतिविधि गर्नेहरुलाई सखाप पार्ने स्थानीयहरुको ठहर रहेको छ ।

Leave A Reply

Your email address will not be published.