Ultimate magazine theme for WordPress.

गाउपालिका अध्यक्ष जुबैर भाइले लाज पचाउन भाईगिरी देखाउदै पत्रकार माथि नै खनिए

99

बारा, ९ चैत्र / बाराको बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुल्फकार अलि उर्फ जुबैर भाईले आफ्नो लाज पचाउन भाईगिरी देखाउदै पत्रकार माथि नै हातपात गराएको समाचार उजागर भएको छ । बिहिवार गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष बिच भएको द्वन्दको बिषयमा समाचार संकलन गर्न पुगेका संचारकर्मी माथि आफ्नो भाइगिरी देखाउदै हातपात गरेको तथ्य सार्वजनिक भएको हो ।
बिरगंजबाट प्रशारण हुने ए न्यूज टेलिभिजनका सहकर्मी राज सरार्फ समाचार संकलन गर्न बाराको बिश्रामपुर गाउपालिकामा पुगेका थिए । गाउपालिकामा केही महिनादेखी अध्यक्ष र उपाध्यक्ष बिच चलिरहेको द्वन्दको बिषयमा समाचार संकलन गर्न पुगेका सरार्फ माथि भिडियो किन खिचेको हो भन्दै हातपात गराएको खुल्नमा आएको छ । बिश्रामपुर गाउपालिका भित्र अध्यक्ष र उपाध्यक्ष बिच चलिरहेको चर्काचर्कीको दृष्य खिच्न केमरा निकाल्नसाथ अध्यक्ष जुल्फकार अलि उर्फ जुबैर भाईले आफ्नो लाज पचाउन केमरा खोस्दै संचाररकर्मी राज सरार्फ माथि हातपात गरेका थिए ।
स्थानीय तहमा चल्दै आएको दवंगै पारा बिश्रामपुर गाउपालिकाको लागि कुनै नौलो कुरा होइन । समाचार संकलन गर्न पुग्ने संचारकर्मीहरुलाई आफ्नो गुन्डा लगाई धाकधम्की दिनबाट पछि हट्दैन्न अध्यक्ष अलि । एक्लौटी निर्णय गर्दै जथाभावी काम गर्दै आएका अध्यक्ष अलिको बिरोधमा उपाध्यक्षले आवाज बुलन्द गर्दा गाउपालिका भित्रै बिवाद उत्पन्न भएको पनि दृष्य यस अनलाइनले हात पारेको छ । गाउपालिकाको गुन्डागर्दी शैलीले स्थानीय तहका बिभिन्न वडाका वडा अध्यक्षहरु समेत आजित बन्न पुगेका छन । स्थानीय जनताले आफ्नो एकाधिकार मत प्रयोग गर्दै निर्वाचित गराएका जनप्रतिनिधिले यस्तो गुन्डागर्दी शैलीमा प्रस्तुत हुने देखेर स्थानीय जनता पनि निराश बनेका छन ।

Leave A Reply

Your email address will not be published.