बारा, ९ श्रावण / बाराको कलैयाबाट काजु सहित पक्राउ परेका तस्करलाइ प्रहरीले नै संरक्षण गरेको एक घटनाले उजागर पारेको छ । गत शुक्रबार अपरान्ह करिब २ बजेको समयमा अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलिले काजु सहित पक्राउ गरेका तस्करलाइ बारा प्रहरीले नै संरक्षण गर्ने गरेको पाइएको हो । बिगत लामो समयदेखी बाराको बसतपुर र देवापुर नाकाबाट काजुको तस्करी गर्दै आएको सुचना पाउनसाथ अपराध अनुसन्धान शाखाबाट खटिएको टोलिले कलैयाको बरेवाबाट काजु सहित एक तस्करलाइ नियन्त्रणमा लिन सफल भएको थियो । तस्करीको मालसमान पक्राउ गर्न पुगेका अपराध अनुसन्धान शाखाका प्रहरी माथी तस्कर समुहले हमला नै बोलेका थिए । तस्करहरूले प्रहरी माथी गरेको हमलामा परि दुई जना प्रहरी समान्य घाइते भएका थिए । तस्कर समुहले हमला गरेपनी दुई जना प्रहरीले आफ्नो काम कर्तव्यको पालना गर्दै दुई थान मोटरसाइकल सहित तस्कर र काजु नियन्त्रणमा लिन सफल भएको थियो ।
तस्करलाइ छुटाउने प्रपन्च ?
तस्करीको काजु सहित पक्राउ परेका तस्करलाइ छुटाउन विभिन्न राजनीति दलका नेता लगायत बिचौलिया परिचालन समेत भएको थियो । तर प्रहरी उपरीक्षकको आदेशानुसार कारवाही समेत अगाडी बढाइएको बताइन्छ । तर कारवाही स्वरूप काजु र मोटरसाइकल सहित तस्करलाइ भन्सार पठाउनुको साट्टो ढाकछोप अर्थात बचाउ गर्नको निम्ति जिल्लामै राखियो । तस्करी गरेर ल्याइएको काजुलाई अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको जनाइएपनी तस्करको नाम समेत उल्लेख नभएको पाइएको हो । एक जना प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बारा बिचौलियाहरूको अखडामा परिणत हुँदै गएको छ । जसका कारण पिडितलाइ न्याय, तस्करलाइ सजाय दिन नसकिएको आरोप लगाए । उनले बिचौलिया र चुटपुटिया नेताहरूका कारण जिल्ला प्रहरी प्रमुख मात्र बदनाम भएका छैन्न, संगठन नै बदनाम हुने गरेको स्विकार गरे । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख लगायत मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख सङ्गै नेपाल प्रहरी संगठनका प्रमुखहरूको ध्यान पुग्न अवाश्यक देखिन्छ ।