Ultimate magazine theme for WordPress.

कांग्रेस एमाले परित्याग गरि सयकडौ नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रबेश

70

वीरगंज, माघ २: संघिय  समाजबादी फोरम नेपाल पर्साको आज गाविस रतनपुरको बसडिलवा टोलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

बसडिलवा गाउँ ईकाई कमिटीद्धारा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत गदीले मधेसी, दलित, जनताति, मुस्लिम, पिछडावर्गको अधिकारको लागि आफु तथा आफ्नो पार्टीले जस्तोसुकै पनि कदम चाल्न पछाडि नहटने दाबी गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले शहिदहरुको बलिदानी र सपना पुरा नहुन्जेल संविधान लागु हुन नसक्ने र मधेसी जनताले कुनै पनि तहको चुनाव हुन नदिने चर्चा गर्दै मधेसीको अधिकार बिनाको चुनाव सरकारको दिवा सपना मात्र रहेको बताउनु भयो । जबसम्म मधेसको माग पुरा हुदैन तब सम्म आन्दोलन जारी रहने बताउनु हुदै नेता यादवले मधेस आन्दोलनले मधेसी, दलित, जनजाती, आदिवासी, पिछडावर्गको सम्मान पहिचान स्थापित गराउनमा मदत पुग्ने बताउनु भयो ।

कार्यक्रममा कांग्रेस, एमाले र माओवादी केन्द्र परित्याग गरी भुलन महतो, सफी अली, जयबुल्लाह अंसारी, जवाहर अंसारी, फजील अंसारी, मुस्ताक अंसारी, कमरुल हक अंसारी, अफताब आलम,अब्बदुल अंसारी, बवर खां, सहाबुदिन अंसारी, सलमान खां, औसी अहमद अंसारी, अरसद अंसारी, भिखर अंसारी, मोजाहिर अंसारी, बेराहिम अंसारी, रिफायत अंसारी, गफुर अंसारी, नजिर आलम लगायत सयौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

नव प्रबेशीहरूलाई पार्टीका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदी, जिल्ला अध्यक्ष प्रदिप यादव, प्रदेश नं. २ का सचिव सलाउदिन अहमद लगायतका नेताहरुले फुलमाला, टिका लगाई पार्टी प्रबेश गराउनु भएको थियो ।

गाउं इकाई कमिटिका अध्यक्ष दिलमहम्मद अंसारीको सभापतित्वमा भएको कार्यक्रममा मुस्लिम फोरमका अध्यक्ष मौलाना नुरूल होदा, युवा फÞोरम नेपाल पर्साका कोषाध्यक्ष असलम आलम, जिल्ला सदस्य जगरनाथ यादव, जयनारायण पटेल, धर्मेन्द्र प्रसाद महतो, सुर्य प्रसाद, अमजद अंसारी लगायतका नेताहरूको उपसिथती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.