Ultimate magazine theme for WordPress.

कांग्रेसको आयोजनामा प्रथम स्वास्थ्य महोत्सव

39

काँकडभिट्टा, माघ ७ : नेपाली कांग्रेसको आयोजनामा प्रथम स्वास्थ्य महोत्सव आयोजना हुने भएको छ। काँग्रेस, मेचीनगरको अगुवाइमा यही माघ ८ देखि १४ गतेसम्म मेचीनगरमा सञ्चालन हुने महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ चिकित्सकहरूले बिरामीको निःशुल्क उपचार गर्ने भएका छन्।

महोत्सवमा २५ हजारभन्दा बढी सर्वसाधारणले लाभ पाउने काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए। महोत्सवमा बिरामीको निःशुल्क उपचार, निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच गहन छलफलसमेत गरिनेछ।

महोत्सवमा रु २५ लाख खर्च हुने मूल समिति संयोजक एवम् नेपाली काँग्रेस, मेचीनगरका सभापति ईन्द्र बुढाथोकीले जनाए। सबै खर्च स्थानीय सहयोगबाट जुटाइएको छ। तर सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उनको भनाइ छ। रासस

Leave A Reply

Your email address will not be published.