Ultimate magazine theme for WordPress.

कन्चनपुर गोलिकाण्डमा हराएको पेस्तोल भेटियो

183

भीमदत्तनगर, चैत्र  : कल्र्भट निर्माण विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबी च भएको झडपको स्थिति सामान्य बनाउन गएको नेपाल प्रहरीको १४ दिनअघि हराएको पेस्तोल भेटिएको छ । चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसित रहेको चिनियाँ एक थान पेस्तोल र सात राउन्ड गोली सीमा क्षेत्रमा हराएको पेस्तोल केहि दिनअघि भेटिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले बताए ।

कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर पुनर्बास नगरपालिकाका गोविन्द गौतमको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.