Ultimate magazine theme for WordPress.

औषधी ब्यवस्था विभाग वीरगंजद्वारा चितवनमा तीन फर्मेसि शिल

55

पर्सा, ९ भदौ । चितवनमा दर्ता नै नगरी संचालित रहेका तिन फार्मेसीलाई औषधी व्यवस्थापन बिभाग वीरगंजले शिल गरेको छ । सूचना पाउनसाथ औषधी व्यवस्थापन बिभाग वीरगंजले अनुगमन गर्दा दर्ता नै नगरी संचालित रहेको हुदा तिन फार्मेसीलाई शिल गरेको हो ।
चितवनको माडी वडा नम्बर ३ मा संचालित जनसेवा हेल्थ क्लिनिक, योगदान हेल्थ क्लिनिक, जिवन हेल्थ क्लिनिकलाई शिल गरिएको छ ।
मानव स्वास्थ्य सङ्ग जुडेको औषधी जस्तो संवेदनशील बस्तुको बिक्रि वितरणमा भइरहेको खेलवाडलाई रोक्न साथै व्यवस्थित गर्न गल्ती गर्ने माथि हदैसम्मको कारवाही हुने औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका प्रमुख मुकेन्द्र पञ्जियारले बताउनु भयो । उहाले आफ्नो कार्यक्षेत्र भित्र यस्ता कृयाकलाप गर्नेहरु माथि कडा रुपले उत्रिने र कारवाही गरिने बताउनु भयो ।
अगामी समयमा समेत यस्तै अवस्थामा निरिक्षण अनुगमन तथा अनुगमनको क्रममा देखिने गरेको कमी कमजोरीलाई सुधार गर्न कारबाही पनि हुने औषधी व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजका फार्मेसी अधिक तथा औषधी निरीक्षक सरफराज अहमद खा“ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.