Ultimate magazine theme for WordPress.

एमाले प्रदर्शन मुडभेडतिरको यात्राः यादव

44

बिराटनगर , पुस २२ :संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशनले मुलुकलाई थप मुठभेडतर्फ लैजाने विश्लेषण गरेका छन्।

शुक्रबार बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए।

उनले भने,‘संविधान संशोधनको विरोधका एमालेले गरेका गतिविधिले मुलुक मुठभेडतर्फ तानिँदै छ।’

उनले प्रदर्शनले मुलुकमा कुनै निकास नहुने जिकिर पनि गरे।  यादवले संविधान संशोधनको विकल्प शक्ति प्रदर्शन हुन नसक्ने जनाएका छन्। संघीय गठबन्धनका समेत संयोजक रहेका यादवले संविधान संशोधनपछि मात्र निर्वाचनमा जाने उल्लेख गरे।

Leave A Reply

Your email address will not be published.