Ultimate magazine theme for WordPress.

एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा डिएसपी खडका, वीरगंज भन्सार मुल गेटबाटै पास हुन्छ दिनहु २ देखी ३ टनसम्म मरिच

572
उमेश दुबे
पर्सा, १४ जेष्ठ ÷ नेपालकै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सार कार्यालयको मुल गेटबाटै मरिचको तस्करी तिब्र रुपले बढेको छ । वीरगंज भन्सार राजस्व गस्ति टोलीले मात्र रकममा लिप्त हुन थालेपछि मुल गेटबाटै मरिचको तस्करी कार्य तिब्र रुपले बढेको हो ।
केही तस्कर संगठनहरुले वीरगंज भन्सार कार्यालय राजस्व गस्ति टोलीका प्रमुख डिएसपी तिलक खडकालाई मोटो रकमको नजराना बुझाए पश्चात मुल गेटबाटै मरिच तस्करीको लाइन दिइएको हो । तस्करी गर्नको निम्ति तस्करले डिएसपी खडकालाई लाखौ रुपैया महिनवारी दिए पश्चात तस्करी कार्य सुचारु भएको बताइन्छ । आफुलाई व्यवसायी भन्दै आएका एक जना नामुद तस्करले डिएसपी खडकालाई घर जान आउनको निम्ति आफ्नो कार समेत दिने गरेको बताइन्छ ।
छिमेकी शहर भारतको रक्सौलबाट मालसमान खरिद गर्नुपर्ने अथवा डिएसपी साबलाई घर जानु पर्ने बेला तस्करको गाडी प्रयोग हुदै आएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । आफुलाई असल र इमन्दार व्यवसायीको रुपमा मानिने तस्कर अग्रवालले लालबाबु र निदेश नामको माध्यमले तस्करी कार्य गरिरहेको जनाइएको छ । व्यवसायी भनिने तस्कर कुन लोभले राजस्व गस्ति टोलीका प्रमुख खडकालाई गाडी चढ्न दिइरहेको बारे सर्वविधितै छ ।
यस अनलाइनमा घुमुवाको भण्डाफोर गर्नसाथ सशस्त्र प्रहरी जवान लामिछानेलाई भित्र बसाई पुन ः डिएसपी खडकाले सशस्त्र प्रहरी सहायक हवलदार सुदन केसि र सशस्त्र प्रहरी बरिष्ट हवलदार रामलिला चौधरीलाई सादा पोशाकमा परिचालन गरेको श्रोतको दावी रहेको छ । घुमुवा परिचालन हुनसाथ भन्सारको मुल गेटबाटै लालबाबु र दिनेश भनिनेको मरिचको कार्य सुचारु भएको छ भने भन्सारको पूर्व पटी इनर्वा गाउ हुदै नरेश भनिनेको केराउको तस्करी कार्य भइरहेको जनाइएको छ ।
यता वीरगंज भन्सार कार्यालय अगाडीबाट हुने गरेको तस्कर संजालहरुको भण्डाफोर हुनसाथ भारतीय नागरिकबाट नेपाली नागरिकको रुपमा परिणत भएका ठग पत्रकारले समेत तस्कर संग मोटा रकमको नजराना बुझी ढाकछोप गर्नमा व्यस्त रहेका छन् । वीरगंज शहरमा कपी पेस्ट नामले प्रख्यात रहेका पत्रकार भारतीय नागरिक हुनुको साथै समाचार आउन साथ बार्गेनिङ गरी रकम लिएर खण्डिकरण समेत गर्ने गरेको हेरिन्छ । तसर्थ ः यस्ता मरिच तस्करहरुको साठगाठ रहेका डिएसपी खडका माथि माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.