Ultimate magazine theme for WordPress.

एक लाख घुस लिदा लिदै प्रहरी हवलदार सुदामा बाराबाट पक्राउ

126

उमेश दुबे
बारा, ३० कार्तिक ÷ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको शादा पोशाकको टोलीले लाइन मिलाई दिने भनि एक लाख घुस लिदा लिदै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा आउनु भएका प्रहरी उपरीक्षक सानुराम भट्टराई स“ग लाइन मिलाउने भन्दै एक लाख रकम माग गरेको र रकम लिदा लिदै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाले पक्राउ गरेको हो ।
बिगत केही दिनदेखी बाराको सिमाना नाकाबाट नेपाल प्रहरीकै मिलोमतोमा तस्करी मौलाउदै गए पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोली बारामा छिरेको श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले रकम उठाउदै तस्करीको लाइन दिइरहेको बताए । नेपाल प्रहरी संगठनकै प्रमुख सर्वेन्द्र खन्नालको घुमुवा भन्दै एक जना प्रहरी हवलदारले बारामा पुगि आफ्नै भाईको नाममा तस्करी गर्न लगाएको बारे केही दिन अगाडी स्थानिय अनलाइनहरुमा सम्प्रेशन हुन साथ चासो बढेको बताइएको छ ।
समाचारको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले तिहार र छठ पर्बको बिचमा टाटासुमोमा लोड भएको कपडा सहित पक्राउ गरेपनि केही संख्यामा मात्र कपडा वीरगंज भन्सार कार्यालयमा बुझाइएको र अरु सबै कपडा पुनः तस्करलाई फिर्ता गरिएको श्रोतको दावी रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट क्राइमको नाममा खटिएको प्रहरी टोलीको नाम चाही क्राइम तर कार्य चाहि आर्थिक कलेक्सनको बिषय बारामा चर्चा पाउनसाथ यस्तो घटना भएको श्रोतको दावी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराइको बिश्वासिलो पात्र हुन पुगेका प्रहरी हवलदार सुदामा हजराले खुल्याम तस्करहरु संग मोटो रकमको नजराना बुझि लाइन मिलाउने कार्य गर्दै आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाबाट खटिएको टोलीले बाराको कलैया स्थित देवकीलाल धर्मशालामा एक लाख रुपैया घुस लिइरहेकै क्रममा पक्राउ गरिएको बताइएको छ । गुटखा, पानमसालाको लाइन मिलाउनको निम्ति लिएको एक लाख रुपैया सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.