Ultimate magazine theme for WordPress.

उपेन्द्र यादवले भने, ‘संशोधनपछि मात्र निर्वान सम्भव छ’

56

काठमाडौं, १३ पुस : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि मात्र स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् ।

‘संविधान संशोधन गरी मेधसी समुदायका मुद्दा सम्बोधन गरेपछि मात्र स्थानीय, प्रदेश र सङ्घीयको निर्वाचनमा जानुपर्छ, यदि संशोधनबिना नै निर्वाचनको घोषणा गरियो भने मधेसी मोर्चालाई स्वीकार्य हुँदैन’ रिपोटर्स क्लबद्वारा बुधबार आयोजित साक्षात्कारमा अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसले दोहोरो चरित्र देखाएको भन्दै त्यसो नगर्न अपिल समेत गरे । लामो समयदेखि अवरूद्ध संसद् खुलाएर संविधान संशोधनलाई संसदीय प्रक्रियामार्फत टुङ्गो लगाउनुपर्नेमा उनले जोड दिए ।

प्रश्नको जवाफमा अध्यक्ष यादवले भने, ‘पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग पार्टी एकताबारे सम्भावना भए पनि त्यसबारेमा अहिलेसम्म छलफल मात्रै भएको छ ।’ उनले एमाले र काँग्रेसले विभिन्न बहानामा सङ्घीयता, गणतन्त्रलगायत अहिलेसम्मका उपलब्धी जोगाउने भन्दा पनि गुमाउने तर्फ बढी भूमिका खेलिरहेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.