Ultimate magazine theme for WordPress.

इस्तानबुलमा आतंकवादी आक्रमण, ३९को मृत्यु

28

इस्तानबुल, पुष १७ : टर्कीको इस्तानबुलमा रहेको एक नाइटक्लबमा भएको आतंकवादी आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । घटनामा ४० जना घाइते भएको बताइएको छ । टर्कीका गृहमन्त्रीका अनुसार मारिनेमा १६ जना विदेशी रहेका छन् ।

सुलेमान सोल्युका अनुसार प्रहरीले आक्रमणकारीको खोजिगरिरहेका छन् । सहरका गर्भनर भासिप साहिनले यसअघि घटनामा एक प्रहरीको पनि मृत्यु भएको बताएका थिए । इस्तानबुलको ओर्टाकोय क्षेत्रमा रहेको रेनिया नामक नाइटक्लबमा स्थानीय समय अनुसार बिहान साढे १ बजे आक्रमण भएको थियो । गर्भनरका अनुसार आक्रमणकारी सान्टा क्लजको लुगा लगाएर नाइट क्लब पुगेको थियो ।

एक आतंकवादीले लामो दुरीको हतियारले नयाँ वर्ष मनाइरहेका सर्वसाधारणमाथि अन्धाधुन्द गोली प्रहार गरेका थिए,’ घटना स्थलमा पुगेका पत्रकारहरुसँग कुरा गर्दै भने ।घटनापछि आक्रमणकारीको अवस्था अझै यकिन भएको छैन । प्रत्यक्षदर्शीले भने दुई जना आक्रमणकारी रहेको बताइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.