Ultimate magazine theme for WordPress.

आतंकवाद बिरूध बिरगंजमा मधेसी युवाहरू द्वारा विशाल मोटरसाइकल जूलूस

145

उमेश दुबे
पर्सा, १४ फाल्गुन / भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालकै आर्थिक राजधानी बिरगंजमा मोटरसाइकल जुलुस निकालिएको छ । मधेसी दलका युवाहरुले आतंकवादको बिरोध र भारत सरकारको पक्षमा मोटरसाइकल जुलुस निकालेका हुन् ।
मधेसी दलका युवाहरूले निकालेको जूलूसमा राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहले भारतमा आतंकवादिले गरेको हमलाको बिरोध र त्यस पश्चात् भारत सरकारले दिएको जवाफी कारवाहिको पक्षमा जुलूस निकालिएको बताउनु भयो । उहाले आतंकवादीहरूको न जात हुन्छ न त कुनै धर्म नै बताउनु भयो । महासचिव सिंहले भारत सरकारले आतंकवाद बिरूध चालेको कदम सराहनिय रहेको स्पष्ट पार्नु भयो ।
वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीआइ देशबाट होइन, विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताए ।

Leave A Reply

Your email address will not be published.