Ultimate magazine theme for WordPress.

आईजीपि खनालको निर्देशनमा पर्सा प्रहरीको छापा, करिब २ सय ५० बोरा केराउ बरामद

194

उमेश दुबे
पर्सा, ३० बैशाख ÷ पर्सा जिल्लाको बिभिन्न ठाउहरुबाट ब्यापक रुपमा प्रहरीहरुकै सहयोगमा तस्करी बढ्नथालेपछि नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि सर्वेन्द्र खनालको आदेशमा अलौबाट प्रहरीले छापा मारी करीब १ सय ५० वटा बोरा केराउ बरामद गर्न सफल भएको छ । बिगत केही दिनदेखि बिभिन्न संचार माध्यमबाट पर्सा जिल्लाबाट तस्करी बढेको बारे समाचार आउन थालेपछि आईजीपि खनालको निर्देशनमा पर्सा प्रहरीले छापा हानेको हो ।

स्थानिय प्रहरी प्रशासनदेखी प्रदेश प्रहरी समेतको सहयोगमा तस्करी बढेको बारे पटक पटक समाचार आउन थालेपनि प्रदेश नम्बर २ का डिआईजी हरिबहादुर पालले कारवाही नगरिदा आईजीपि खनालको ध्यानकर्षण भएको प्रहरी श्रोतले जनाएका छन् । श्रोतले जनाए अनुसार नेपाल र भारतको सीमा नाका खुल्ला रहेपनि प्रहरीको चुनौती थपिएको छ तर चुनौतीको नाममा स्थानिय तथा प्रदेश प्रहरीले कमाई खाने भाडो बनाए पश्चात आईजीपि सर्वेन्द्र खनालको यसतर्फ ध्यान गएको बताए ।
नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि सर्वेन्द्र खनाललाई एउटा असल र इमन्दारको रुपमा चिनिने गर्दछ तर केही भ्रष्ट प्रहरीले गर्दा नेपाल प्रहरी माथि नै प्रश्ण चिन्ह खडा हुनथालेपछि कडा निर्देशन दिइएको बताइएको छ । आईजीपि खनालले प्रहरी कर्मचारी इमन्दार भए सबै निकाय सुध्रिने बताउनु भएको छ । आफ्नो संगठनको नियम विपरीत कार्य गर्ने कुनैपनि प्रहरीलाई नछोडिने समेत उहाले बताउनु भयो । प्रदेश नम्बर २ मा बढ्दै गएको तस्करी र अपराधि क्रियाकलापमा संलग्न भएका प्रहरीहरुलाई कानुनको दायरामा लिएर आउने समेत आईजीपि सर्वेन्द्र खनालले बताउनु भयो ।
यता आईजीपि सर्वेन्द्र खनालको निर्देशनमा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी सुखाडी सहनी र गौरी सहनीको गोदाममा पर्सा प्रहरीले छापामारी गरेको छ । आइतवार राति करिब १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ता लगायतका प्रहरीहरुले छापा हानेका हुन । प्रहरीको छापामारीबाट करिब १ सय ५० वटा बोरा केराउ भण्डारण गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन सफल भएको थियो भने समाचार लेख्दै गर्दा पर्सा प्रहरीले पुनः अलौमा छापामारी गरी १ सय ६ बोरा केराउ नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.