Ultimate magazine theme for WordPress.

आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीको अभिकर्ता पुर्नताजगि कार्यक्रम सम्पन्न

171

वीरगन्ज ३२ जेष्ठ
आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी क्षेत्रिय कार्यालय वीरगन्जले शनिबार अभिकर्ता पुर्नताजगि कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्जको टाउनहलमा आयोजित अभिकर्ता पुर्नताजगि कार्यक्रममा क्षेत्रिय कार्यालय वीरगन्जका क्षेत्रिय प्रमुख रविशंकर सर्राफले जीवन बिमाको महत्व तथा विशेषताहरु बारे अभिकर्ताहरुलाई जानकारी गराएका थिए ।
उनले जीवन बीमा गर्नाले आफनो र भविष्यमा सन्नतीहरुको लागि लाभदायिक हुने गरेकोले जनतामा सचेतना फैलाई बीमा प्रति प्रेरित गर्न अभिकर्ताहरुलाई सुझाव दिए ।
हामी बैंक, सहकारीमा रकम जम्मा गर्छौ, के पाउँछ ? बार्षिक ९ देखि ११ प्रतिशत सम्म व्याज मात्र पाउँछ, क्षेत्रिय प्रमुख सर्राफले भने, यदी त्यही रकम जीवन बीमा ग¥यो भने, बचत सहित अन्तिममा बोनस सहितको व्याज पाउने छ, यदी बीचमै दुर्घटना भए अकालमै ज्यान गुमाउनु परे त्यसको दोब्बर रकम पाउँने भएकोले भविष्यमा दुख परेको बेला परिवार सहयोग पुग्ने छ ।
उनले भने, बीमा गरेपछि अपाङ्ग, वा चिकिस्त बिरामी परेको अवस्थामा पनि बीमा कम्पनीले नै सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएकोले बीमा प्रति जनतालाई जागरुक बनाउन प्रयास गर्नुपर्छ ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ता राम प्रसाद चौरसिया, ईमाम आलम, मदन प्रसाद चौरसिया, श्याम कुशवाहा, ओम प्रकाश दास र सुरेश महतोलाई सस्थाले सम्मान गरेको थियो । वीरगन्ज शाखाका राहुल सोनीले कार्यक्रम संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.