Ultimate magazine theme for WordPress.

आइजिपी खनाल दिए प्रदेश प्रहरी प्रमुखलाई कडा निर्देशन

733

उमेश दुबे
पर्सा, ९ असार / नेपाल प्रहरी संगठनकै प्रमुख आइजिपी सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखहरूलाइ इमान्दारिता र संगठनको नीति निर्देशन अनुसार कार्य गर्न निर्देशन दिनु भएको छ । उहाले देशको कुन्ना कुन्नामा बढ्दै गइरहेको अपराधी क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिनु भएको हो ।
आइजिपी सर्वेन्द्र खनालले यस अनलाइन सङ कुरा गर्दै प्रहरी संगठन भित्रका प्रहरीहरू लगायत कुनैपनी अपराधी क्रियाकलापमा सन्लग्न भेटिए कडा कारवाही गर्ने बताउनु भयो । उहाले ७ वटै प्रदेशका प्रहरी प्रमुखलाइ अपराधी गतिविधिमा सन्लग्न जोकोहिलाइ कडा भन्दा कडा कारवाही गर्ने निर्देशन दिनु भएको बताउनु भयो । देशको परिस्थिति बिगतका दिनहरूबाट हालको समयमा धेरै सुधार भएको ठोकुवा गर्नु भयो ।
नेपाल प्रहरीले इमान्दारीता पूर्वक कार्य गरिरहेको कारण नेपाली जनता माझ लोकप्रिय बन्दै गएको आइजिपी खनालले बताउनु भयो । देशमा शान्ती सुरक्षा कसरी कायम गर्न सकिन्छ त्यसमा नेपाल प्रहरी संगठन लागीपरेको बताउनु भयो । उहाले आफ्नो संगठनको कुनैपनी प्रहरी लापरबाही र गैर जिम्मेवारी तरिकाले काम गरे कारवाही गरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.