Ultimate magazine theme for WordPress.

अाज नेपाल पत्रकार महासङ्घ, पर्साको निर्वाचन हुने

27

विरगंज, फागुन १७ : नेपाल पत्रकार महासङ्घ, पर्साको तीन दिने निर्वाचन कार्यक्रम आइतवारदेखि शुरु भएको छ ।  जसमा ५ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरूमा नेपाल पत्रकार महासङ्घ पर्साका कार्यसमिति सदस्य (जनजाति)तर्पm पुष्प घलान र दलिततर्पm विनोद परियार तथा केन्द्रीय महिला सभासद्मा रसना ढकाल, लक्ष्मी खरेल र सीमा श्रीवास्तव रहेका छन्।

यसैगरी नेपाल पत्रकार महासङ्घ पर्सा निर्वाचन समितिको कार्यालयले मङ्गलवार दिउँसो १ बजेदेखि हुने निर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । जसमा अध्यक्ष पदमा श्याम बन्जारा र अशोक तिवारी, उपाध्यक्ष अनुप तिवारी र शेखरबहादुर क्षत्री तथा महिला उपाध्यक्ष मायामितु न्यौपाने र बिम्मी शर्माको उम्मेदवारी परेको छ ।

त्यसैगरी सचिवमा युवराज खडका र क्रान्ति साह, सहसचिव (खुला)मा दीपक गौतम र नीलिमा पौडेल तथा सहसचिव (समावेशी)मा आरके पटेल, म. सदाबले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा भूषण यादव र राम सर्राफ गरी दुईजना  ले उम्मेदवारी दिएका छन् ।

यसैगरी सदस्यहरूमा महिलातर्पm दुईजना, मधेसीतर्पm दुईजना, खुलातर्पm १३ जना गरी १७ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी ९ जना निर्वाचन हुने केन्द्रीय सभासद्को लागि १८ जनाको उम्मेदवारी परेको छ भने तीनजनाको निर्विरोध निर्वाचित भई कुल केन्द्रीय सभासद् १२ जना हुनेछन् । प्रदेश सभासद् १५ जना निर्वाचित हुनुपर्नेमा २० जनाको उम्मेदवारी परेको छ ।

नेपाल पत्रकार महासङ्घ, पर्साको १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा २ जना जनजाति र दलितबाट निर्विरोध निर्वाचित भइसकेका छन् । १५ जना पदाधिकारीहरूको निर्वाचन हुनेछ । कुल मतदाता ११७ जना रहेको प्रमुख निर्वाचन अधिकृत जगदीशप्रसाद शर्माले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.